back
CTIZAN AD

सुदुरपश्चिममा खैलाबैला, ओली समूहका ७ सांसद परे निलम्बनमा

वि.सं.२०७८ असार १ मंगलवार

558 

shares

असार १, काठमाडौं । नेकपा (एमाले)भित्रको विवाद सुदूरपश्चिम प्रदेशमा अनौठो गरि देखिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले एक पछि अर्को गर्दै माधवकुमार नेपाल पक्षमाथि कारबाही गरिरहेको बेला सुदूरपश्चिममा भने ओली पक्षका सांसदहरु नै कारबाहीमा परेका छन् ।

प्रदेशसभाको संसदीय दलमा आफ्नो बहुमत भएको माधव पक्षले ओली पक्षका सांसदहरुमाथि कारबाहीको डण्डा चलाएको हो । सोमबार बसेको एमालेको प्रदेशसभा संसदीय दलको बैठकले ओली पक्षीय ७ सांसदलाई निलम्बनको निर्णय गरेको सांसद बलबहादुर सोडारीले जानकारी दिए ।

उनका अनुसार संसदीय दलको निर्णय उल्लंघन गरेको कारण निलम्बनको निर्णय गरिएको हो । ‘७ जना सांसद हामी प्रतिपक्षी हुँ भन्ने हिसाबले प्रदेशसभामा पेश हुनु भयो, हाम्रै सहमतीमा प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि अर्थहिन रुपमा विरोध गर्नुभयो’, सोडारीले भने, ‘उहाँहरुलाई दलको ह्वीप उल्लंघन गरेको कारण कारबाही गरिएको हो, संसदीय दलको बोर्डले उहाँहरुलाई संसदीय दलको सदस्यबाट निलम्बन गरेको छ ।’

उनका अनुसार ७ जना सांसदलाई ७ दिनदेखि १५ दिनसम्मका लागि निलम्बन गरिएको छ । ‘गेल्बुसिंह बोहरा, माया तामाङ बोहरा र नेपाली चौधरीलाई ७ दिनका लागि निलम्बन गरिएको छ, सांसद बलदेव र रेग्मी लिलाधर भट्टराई १० दिनका लागि निलम्बन गरिएको छ भने पठानसिंह बोहरा र रतन थापालाई १५ दिनका लागि निलम्बन गरिएको छ’, सोडारीले भने ।

दलको निर्णय विपरित गतिविधि गरे थप कारबाही गर्ने तयारी गरेको पनि उनले बताएका छन् ।

स्थायी समिति र प्रदेश कमिटीको निर्णयमाथि चुनौति

यसअघि एमालेको स्थायी समिति र प्रदेश कमिटीले सुदूरपश्चिम सरकारमा सहभागी नहुन र सरकारलाई दिएको समर्थन फिर्ता गर्न निर्देशन गरेको थियो । तर संसदीय दलमा झण्डै दुई तिहाई बहुमत भएको माधव पक्षले सरकारलाई दिएको समर्थन कायमै राख्दै सरकारमा थप मन्त्रीलाई नियुक्त गरायो ।

तर, माधव पक्षले एमाले स्थायी समिति बैठकले गरेको निर्णय र प्रदेश कमिटीले गरेको निर्देशनलाई अवैद्य भन्दै मान्न अस्वीकार गरेको छ । ‘स्थायी कमिटी नै अवैध हो, सर्वोच्चले भनिसक्यो’, सोडारीले भनेका छन्, ‘दलको बहुमतका आधारमा काम गर्दा किन रोक ?’

गत जेठ १० मा बसेको एमाले स्थायी कमिटी बैठकले सुदुरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको थियो । तर, प्रदेश संसदीय दलले उक्त निर्णयलाई मान्न अस्वीकार गरेको थियो ।

एमालेले फिर्ता हुन गरेको निर्देशनलगत्तै माधवकुमार नेपाल पक्षको बहुमत भएको प्रदेशमा तीन मन्त्रीले राजीनामा दिएर थप पाँच मन्त्री र चार राज्यमन्त्री बनेका थिए । संसदीय दलका नेता प्रकाशबहादुर शाह पुनः मन्त्रीमा दोहोरिएका थिए ।

माधव पक्षको समर्थनबाट नै गत जेठ २५ मा मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाउन राखेको प्रस्ताव बहुमतले पारित भएको थियो । प्रस्तावमाथि माधव पक्षका सबै सांसदले मत हालेका थिए ।

२५ प्रदेश सभा सदस्य भएको सुदूरपश्चिममा माधव पक्षका मात्रै १८ सांसद छन् । जहाँ माधव पक्षको बहुमत भएको कारण ओलीलाई भारी पर्दै आएको छ ।

वि.सं.२०७८ असार १ मंगलवार १३:२५ मा प्रकाशित

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको विकासको ढोका खुल्ने आशा गरिएको कञ्चनपुरको...

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...