back
CTIZAN AD

ग्रामीण क्षेत्रमा कोरोना सङ्क्रमण वृद्धि हुँदै

वि.सं.२०७८ असार १ मंगलवार

675 

shares

१ असार, डोटी । जिल्लामा दोस्रो चरणको कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लामा कुल एक हजार २०० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

ती मध्ये ५० जनाले कोरोना जित्न सफल भएका छन् । सङ्क्रमण पुष्टि भएकामा अधिकांश युवा उमेरका व्यक्ति रहेका कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जानकारी दिए। जिल्लाका ग्रामीण भेगमा सङ्क्रमणका बिरामी बढी रहेको बताइएको छ ।

भारतबाट रोजगारी गरी घर फर्किएका यहाँका नागरिकका कारण जिल्लामा सङ्क्रमण फैलिएको स्थानीयवासीको बुझाइ रहेको छ । यहाँका शहर बजारभन्दा पनि गाउँमा बढी कोरोना सङ्क्रमित भएको कार्यालका मेडिकल सुपरीटेन्डेन्ट कृष्ण जोशीले बताए ।

उनले भने, “यहाँका शहर बजारमा भएका कोरोना सङ्क्रमित निको भइसकेका छन्, गाउँघरमा कोरोना सङ्क्रमित बढ्दै गएका छन्, गाउँबाट बढी समस्या देखिने अवस्था छ ।”
रासस

वि.सं.२०७८ असार १ मंगलवार १४:०८ मा प्रकाशित

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको विकासको ढोका खुल्ने आशा गरिएको कञ्चनपुरको...

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...