back
CTIZAN AD

भियतनामको घेएन प्रान्तस्थित एक घरमा आगलागी हुँदा छ जनाको मृत्यु

वि.सं.२०७८ असार १ मंगलवार

810 

shares

१ असार, हनोई । मध्य भियतनामको घेएन प्रान्तमा घरमा लागेको आगोले छ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार उल्लेख गरेका छन् ।

स्थानीय समय अनुसार मङ्गलबार १२ बजे पछि विन्ह शहरको तीन तले घरमा आगो लागेको थियो । आगो तुरुन्तै घरभरि फैलिएको र उद्धार गर्दागर्दै छ व्यक्तिको मृत्यु भएको स्थानीय समाचार संस्था भिएनएक्सप्रेसले प्रत्यक्षदर्शीलाई उद्धृत गरी समाचार सम्प्रेषण गरेको छ ।

आगलागीबाट निजी स्वामित्वमा रहेको आवासीय भवनमा रहेका भियतनामी नागरिकको मृत्यु हुनुका साथै पहिलो तलामा रहेको क्याफे तथा पसलहरूमा पनि क्षति भएको बताइएको छ ।

आगलागी भएको सूचना प्राप्त हुँदासाथ बारूण यन्त्र, पानी बोक्ने सात गाडी, करीव १०० अग्नी नियन्त्रक र सैनिक तथा प्रहरीलाई घटनास्थलमा सहयोगका लागि पठाइएको स्थानीय प्रशासनले बताएको छ ।

उद्धारका लागि घटनास्थलमा तत्काल सुरक्षाकर्मीलाई पठाइएको भएपनि घरभित्र फसेका सबै पीडितहरूलाई बचाउन नसकिएको तर केही व्यक्तिलाई सख्त घाइते अवस्थामा उद्धार गरी उनीहरूलाई उपचारका लागि अस्पताल पठाइसकिएको स्थानीय एक अधिकारीले बताए ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रासस

वि.सं.२०७८ असार १ मंगलवार १५:४७ मा प्रकाशित

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

मनिला  । मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस...

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ। जुलाईको सुरुमा मेसाक चत्रवातले निम्त्याएको गम्भीर बाढीले दक्षिण चीनको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...