back
CTIZAN AD

कोरोना महामारीका कारण पुष्प व्यवसायले दैनिक एक करोड नोक्सान बेहोर्दै

वि.सं.२०७८ असार २ बुधवार

717 

shares

२ असार, काठमाडौँ । कोभिड–१९ को दोस्रो लहरका कारण पुष्प व्यवसायले अहिले दैनिक करिब रु एक करोड नोक्सान बेहोर्नुपरेको छ ।

विश्वभरि फैलिएको कोरोना महामारीको एकपछि अर्को लहर आउँदा यस व्यवसायले विगत एक वर्षदेखि आम्दानी गर्न सकेको छैन र उल्टो दैनिक करिब रु एक करोड नोक्सान बेहोरिरहेको छ ।

त्रासकै बीच लामो समयदेखि बन्द रहेको अन्य केही व्यवसाय विस्तारै खुला हुन थालेका छन् तर यो क्षेत्र कहिले खुल्ने र व्यासायले गति लिने विषय अन्योल नै छ । अहिले मठ मन्दिर, होटल, पार्टी प्यालेस र पर्यटन व्यवसाय सञ्चालनमा नआएकाले यस क्षेत्रले नोक्सानको सामना गर्नुपरेको फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए । उनका अनुसार कोरोना महामारी नहुँदा सामान्य समयमा फूलको दैनिक रु एक करोडभन्दा बढीको कारोबार हुने गरेको थियो तर अहिले मुस्किलले रु दुई लाखसम्मको मात्र कारोबार हुन्छ ।

अध्यक्ष श्रेष्ठले गुनासो पोख्दै भने, “अहिले पनि केही फूलहरु भारतबाट ल्याइएका छन् तर लकडाउन भन्दै स्वदेशमा उत्पादन भएका फूललाई स्थान छैन । त्यसका लागि परिचयपत्रको व्यवस्था गरी एक स्थानबाट अर्को स्थानमा सहज आवतजावत गर्ने व्यवस्था गरी व्यवसायलाई सामान्यरूपमा भने पनि सञ्चालन गर्ने व्यवस्था गरिदिनुपर्यो।”

उनका अनुसार फूलको कारोबार अत्यन्त कम हुने गर्दछ, नहुने नै भन्ने हुँदैन । “अहिले जति फूल प्रयोगमा आएका छन् ती सबै स्वदेशी उत्पादनकै प्रयोग हुन पाए थोरै भए पनि व्यवसाय चलायमान हुने थियो”, उनले भने

२५ प्रतिशत व्यवसायि अन्य पेशामा पलायन

पछिल्लो समय महामारीका कारण नियमित व्यवसाय गर्न नपाएकाले नोक्सानको सामना गर्नुपरेको भन्दै यस व्यवसायबाट २५ प्रतिशत व्यवसायी अन्य पेशामा पलायन भएको एशोसिएशनले बताएको छ । लामो समयसम्म यस पेशाामा कारोबार नहुँदा बजार लान तयार भएका फूलहरु नष्ट गर्नुपरेको पुष्प व्यापारी राम उप्रेती बताउँछन् ।

उप्रेतीले विगत १० वर्षदेखि कलङ्कीमा पुष्प व्यासाय सञ्चालन गर्दै आएका थिए । उनका अनुसार महामारीअघि वार्षिक रु १५ लाखसम्म आम्दानी हुने गथ्र्यो तर अहिले आम्दानी शून्य छ । “दैनिकी चलाउन पनि अन्य विकल्प खोज्नुपरेको छ”, उनले भने ।

पछिल्ला वर्षमा सयपत्री फूलमा पनि देश आत्मनिर्भर हुँदै गएको छ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही सयपत्री फूलको माला भारतबाट ल्याउने गरिएको छ । अहिले स्वदेशमै ९५ प्रतिशत फूल उत्पादन हुन थालेकाले पाँच प्रतिशत मात्र भारतबाट ल्याउनुपर्ने बाध्यता छ ।

अघिल्ला वर्षमा वार्षिकरूपमा रु दुई÷तीन अर्ब फूलको कारोवार हुने गरेको थियो । तिहार र अन्य मौसममा गरी रु ११ करोड बराबरको फूल वर्षिकरूपमा विदेशबाट आयात गरिँदै आएको छ । कात्तिकदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ ।

विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ । व्यावसायिकरूपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् ।

फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ ।

नेपालमा विसं २००७ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकाससँगै फस्टाउँदै गएको भए पनि महामारीको कारण अहिले भने सङ्कटमा परेको छ । काठमाडौँ उपत्यकामा मात्रै ३०० व्यसायीले यसको खेती विस्तार गरिसकेका छन् ।
रासस

वि.सं.२०७८ असार २ बुधवार ०९:५६ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...