२ असार, पाल्पा । अविरल वर्षापछि गएको पहिरोका कारण पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं ४ को मन्छिपमा १९ वर्षीय युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मंगलबार अविरल वर्षाका कारण घरमाथिबाट खसेको पहिरोले पुरिएर १९ वर्षीय मदन भट्टराईको मृत्यु भएको हो ।
वडा अध्यक्ष दुर्गा खनालका अनुसार मंगलबार ६ बजेतिर अविरल वर्षापछि आएको पहिरोले स्थानीय विष्णु क्षेत्रीको घर पुर्दा उनका १९ वर्षीय छोराको मृत्यु भएको हो । विष्णुका श्रीमान महेन्द्र बहादुर क्षेत्री बैदेशिक रोजगारका क्रममा बिदेशमा छन् भने उनका जेठा छोरा भारतमा छन् ।
‘घरमा आमा छोरामात्रै हुनुहुँदोरहेछ आमा बाहिर गएको बेलामा घरमाथिबाट आएको पहिरोले पुरिएका उनको उपचार गर्न लैजाने क्रममा मृत्यु भएको हो ।’
खनालले पहिरोका कारण विष्णुको घरसँगै जोडिएको सुनिता क्षेत्रीको घरमा पनि क्षति पुगेको छ ।
मंगलबार साँझ पहिरो गएको बेलामा घरभित्रै रहेका भट्टराई पहिरोमा पुरिएर गम्भीर घाईते भएपछि उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको हो ।
सोमबारदेखि निरन्तर आएको वर्षाका कारण पाल्पाका विभिन्न ठाउमा गएको पहिरोका कारण पाल्पा–रिडी सडक खण्डकोे रिब्दीकोट ३ हार्थोक, मालमुल लगायतका ठाउँमा बाटो अवरुद्ध भएको पनि प्रहरी कार्यालयले जनाएको छ ।
वि.सं.२०७८ असार २ बुधवार १३:१० मा प्रकाशित






























