back
CTIZAN AD

के हो मार्क्सवादी दर्शन ?

वि.सं.२०७८ असार २ बुधवार

3.9K 

shares

मार्क्सवाद सर्वहारावर्ग र सम्पूर्ण उत्पीडित जनसमुदायको मुक्तिको सिद्धान्त हो । मार्क्सवादी दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । यस दर्शनको सिद्धान्त भौतिकवाद हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद सर्वहारावर्गको विश्वदृष्टिकोण हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई स्टालिनले “मार्क्सवादी – लेनिनवादी पार्टीको विश्वदृष्टिकोण”को रुपमा परिभाषित गर्नुभएको छ – स्टालिन, द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद ।

द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादले पदार्थ, प्रकृति वा सामाजिक सत्तालाई पहिलो र चेतना, विचार वा सामाजिक चेतनालाई दोस्रो स्थानमा राख्दछ । यसले चेतनालाई वस्तुजगतको आत्मिक प्रतिबिम्बन मान्दछ र विश्वलाई बोधगम्य बताउँछ ।

यस दर्शनको पध्दति द्वन्द्ववाद हो । दर्शनको फाँटमा एंगेल्सले द्वन्द्ववादका तीन नियम अर्थात् विपरीतहरुको एकता र संघर्षको नियम, मात्राको गुण, गुणको मात्रामा रुपान्तरणको नियम र निषेधको निषेधको नियमको नियमकाबारेमा उल्लेख गर्नुभएको छ । माक्र्सले ऐतिहासिक भौतिकवादमा सामाजिक सत्ता र सामाजिक चेतना, उत्पादन शक्ति र उत्पादन सम्बन्ध, आधार र उपरिसंरचना तथा उत्पीडक र उत्पीडित वर्गहरुका बीचको संघर्षको मान्यता प्रस्तुत गर्नुभएको छ ।

माक्र्सको राजनीतिक अर्थशास्त्र श्रमको मूल्य सिद्धान्त र अतिरिक्त मूल्यको सिद्धान्तमा आधारित रहेको छ । माक्र्सको वैज्ञानिक समाजवाद वर्गसंघर्ष, इतिहासमा बलप्रयोगको भूमिका, सर्वहारावर्गको अधिनायकत्व र साम्यवादका आधारभूत मान्यताहरुद्वारा निर्मित भएको छ । विश्व कम्युनिस्ट आन्दोलनमा विद्यमान अवसरवाद र अराजकतावादका विरुद्ध भीषण वैचारिक संघर्ष गरेर माक्र्स र एंगेल्सले मार्क्सवादको प्रतिपादन गर्नुभएको हो । माक्र्स–एंगेल्सद्वरा मार्क्सवादको प्रतिपादन भए पछि विश्व मानव जातिको बीचको दार्शनिक फाँटमा क्रान्ति भएको थियो र सारा संसारभरका प्रतिक्रियावादीहरु आतंकित भएका थिए ।

मार्क्सवादी दर्शन अर्थात् द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद सर्वहारावर्गको वैचारिक हतियार हो र यसलाई क्रान्तिकारी कम्युनिस्टहरूले दृढताकासाथ अबलम्बन गर्नुपर्छ । दर्शनको यो बौद्धिक हतियारलाई भुत्ते बनाउनका लागि सबैखाले तथा विभिन्न रंगरोगनका संशोधनवादी तथा प्रतिक्रियावादीहरुबाट निरन्तर असफल प्रयास हुँदै आएको छ र भविष्यमा पनि हुने कुरा निश्चित छ । यसप्रति सबै क्रान्तिकारीहरु सतर्क रहन जरुरी छ ।

यसै विषयलाई लिएर कम्युनिस्ट घोषणापत्रको शुरुमै माक्र्सले लेख्नुभएको छ, “युरोपमा एउटा हाउ घुमफिर गरिरहेको छ – साम्यवादको हाउ । यस हाउलाई धपाउन भनेर पोप र जार, मेटर्निख र गीजो, फ्रेन्च उग्रवादी र जर्मन पुलिस अर्थात् पुरानो युरोपका सारा सत्ताधारीहरु एक जुट भएका छन् । कुन यस्तो विरोधी पार्टी छ जसलाई सत्ताधारीहरुले कम्युनिस्ट भनी बद्नाम नगरेको होस् ? कुन यस्तो विरोधी पार्टी छ जसले आफूभन्दा धेरै प्रगतिशील विरोधी पार्टीहरुलाई र आफ्ना प्रतिक्रियावादी विरोधीहरुलाई समेत कम्युनिस्ट भएको घृणित आरोप नलगाइएको होस् ?”

अतः मार्क्सवाद मूख्यतः सर्वहारावर्ग र सम्पूर्ण उत्पीडित जनसमुदायको मुक्तिको सिद्धान्त र पथप्रदर्शक सिद्धान्त हो । माथि पनि उल्लेख गरिएको छ, द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन यसै सिद्धान्तको एक प्रमुख अंग हो । त्यसो भएर माक्र्सले आफ्नो “कानुनसम्बन्धि हेगेलको दर्शनको आलोचनामा एक देन” शीर्षकको लेखको प्रस्थापनामा लेख्नु भएको छ, – “जसरी दर्शनले सर्वहारावर्गले आफ्नो भौतिक हतियार भेटाउँछ, त्यसरी नै सर्वहारावर्गले दर्शनमा आफ्नो बौद्धिक हतियार भेटाउँछ ।”

माक्र्सको दर्शनलाई कुनै देश विशेषको सन्दर्भमा मात्र नभई सार्वभौम अर्थमा ग्रहण गर्नुपर्ने हुन्छ । दर्शन वास्तविक अर्थमा क्रान्तिको एक भौतिक हतियार नै हो । यहाँ माक्र्सले सर्वहारावर्ग र क्रान्तिकारी दर्शनका बीच द्वन्द्वात्मक एकरुपता देखाउने काम गर्नुभएको छ । तसर्थ दर्शनले सर्वहारावर्गमा आफ्नो भौतिक हतियार देख्दछ । यसको अर्थ हो क्रान्तिकारी दर्शन क्रान्तिकारी वर्गसँग सम्बन्धित रहेको कुरा माक्र्सले दर्शाउनु भएको छ । त्यसैगरी यहाँ माक्र्सले सर्वहारावर्गले दर्शनमा बौद्धिक हतियारको दर्शन गर्ने कुरा प्रस्तुत गर्नुभएको छ । यसको वास्तविक अर्थ हो – यसप्रकारको क्रान्तिकारी दर्शन सर्वहारावर्गको मुक्तिको प्रश्नसँग अभिन्न रुपमा गाँसिएको कुरालाई माक्र्सले दर्शाउनु भएको छ ।

मार्क्सवादी दर्शन अर्थात् द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद सर्वहारावर्गको वैचारिक हतियार हो र यसलाई क्रान्तिकारी कम्युनिस्टहरूले दृढताकासाथ अबलम्बन गर्नुपर्छ । दर्शनको यो बौद्धिक हतियारलाई भुत्ते बनाउनका लागि सबैखाले तथा विभिन्न रंगरोगनका संशोधनवादी तथा प्रतिक्रियावादीहरुबाट निरन्तर असफल प्रयास हुँदै आएको छ र भविष्यमा पनि हुने कुरा निश्चित छ । यसप्रति सबै क्रान्तिकारीहरु सतर्क रहन जरुरी छ ।

दर्शनलाई जनताकोबीचमा पुर्याउने प्रश्न

क्रान्तिकारी दर्शन अर्थात् मार्क्सवादी दर्शन जनताको दर्शन हो । मालेमावादी दर्शन जनताको दर्शन होइन । जनताको दर्शनलाई जनताकै बीचमा पुर्याउन जरुरी हुन्छ । यसै विषयलाई महत्व दिँदै कमरेड माओले भन्नुभएको छ, “दर्शनलाई प्रवचनकक्षबाट मुक्त गर, दर्शनलाई जनताको हातमा पुर्याऊ ।”

मार्क्सवादी दर्शनलाई जनताको बीचमा पुर्याउनुु पर्ने आवश्यकतामाथि जोड दिँदै कमरेड माओले पुनः अगाडि लेख्नु हुन्छ, “मार्क्सवादको सैध्दान्तिक आधारको रुपमा रहेका द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादको अध्ययन गर्ने दशौ लाख मानिसहरुका यस्ता डफ्फाहरुको निर्माण गर्ने योजना तयार पार्नैपर्छ र तिनलाई सबैखालका आदर्शवाद र यान्त्रिक भौतिकवाद विरुद्ध जुध्नमा तयार गराउनु पर्छ ।”– माओ त्सेतुङ , संकलित रचना सँग्रह, भाग ५ ।

हो, यहाँ कमरेड माओले दर्शनलाई व्यवस्थित र योजनाबद्ध ढंगले जनताको बीचमा पुर्याउनुपर्ने, जनताकै बीचमा दर्शनलाई भिज्न र फैलाउनुपर्ने, जनताकै बीचमा जरा गाड्न लगाउनु पर्ने आवश्यकतामाथि विशेष जोड दिनुभएको छ । कमरेड माओका यी भनाइलाई र लेखाइलाई सबै क्रान्तिकारी कम्युनिस्टहरूले आत्मसात गर्न जरुरी हुन्छ ।

मार्क्सवादी दर्शन एक वैज्ञानिक तथा क्रान्तिकारी दर्शन हो । मार्क्सवादी दर्शन सबैखाले आदर्शवाद, अधिभूतवाद तथा यान्त्रिक भौतिकवादका विरुद्ध वैज्ञानिक विश्वदृष्टिकोणमा आधारित रहेको छ । साथै विज्ञान हुनुको नाताले मार्क्सवादी दर्शनले प्रयोगको माग गर्दछ । र मार्क्सवादी दर्शन विश्व सर्वहारावर्गको वैज्ञानिक दर्शन भएकोले यो दर्शन वर्गीय पक्षधरतामा आधारित रहेको छ र यस दर्शनले सर्वहारावर्गको मुक्तिको पथप्रदर्शन र सर्वहारावर्ग तथा आम जनसमुदायको सेवा गर्दछ ।

मार्क्सवादी दर्शन एक वैज्ञानिक तथा क्रान्तिकारी दर्शन हो । मार्क्सवादी दर्शन सबैखाले आदर्शवाद, अधिभूतवाद तथा यान्त्रिक भौतिकवादका विरुद्ध वैज्ञानिक विश्वदृष्टिकोणमा आधारित रहेको छ । साथै विज्ञान हुनुको नाताले मार्क्सवादी दर्शनले प्रयोगको माग गर्दछ । र मार्क्सवादी दर्शन विश्व सर्वहारावर्गको वैज्ञानिक दर्शन भएकोले यो दर्शन वर्गीय पक्षधरतामा आधारित रहेको छ र यस दर्शनले सर्वहारावर्गको मुक्तिको पथप्रदर्शन र सर्वहारावर्ग तथा आम जनसमुदायको सेवा गर्दछ ।

मार्क्सवादी दर्शन सर्वहारावर्ग र आम जनसमुदायको पक्षधर रहेको र तिनकै सेवा गर्ने भएकोले विश्व सर्वहारावर्ग तथा आम जनसमुदायले मार्क्सवादी दर्शनलाई गंभीरताकासात आत्मसात गर्न जरुरी हुन्छ ।

यहाँ एउटा के बुझाई छ भने मार्क्सवादी दर्शनको अध्ययन कुनै विद्वानहरु, कम्युनिस्ट पार्टीका नेताहरु र कार्यकर्ताहरुले मात्र गर्नुपर्छ भन्ने रहेको पाइन्छ । यो बुझाई गलत छ । मार्क्सवादी दर्शनको अध्ययन सिँगो जनसमुदाय र मानव समुदायको विशाल हिस्साले गर्न जरुरी हुन्छ र गर्नुपर्छ । अनि मात्र सिँगो दार्शनिक फाँटमा विद्यमान सबैखाले गलत चिन्तन र प्रवृत्तिहरुमाथि विजय प्राप्त गर्दै क्रान्तिलाई सहि दिशामा अगाडि बढाउन सकिन्छ र लक्ष्य हासिल गर्न सकिन्छ । कमरेड माओले जो माथि भन्नुभएको छ , उक्त भनाइहरुको असली र वैज्ञानिक सार यही नै हो ।

मार्क्सवादको ऐतिहासिक कार्यभारको सवाल

मार्क्सवादको कार्यभार अत्यन्तै उच्च रहेको छ । ऐतिहासिक रहेको छ । आज मार्क्सवादले पहिलो चरणमा मार्क्सवादको विकास गरेको छ । साथै आज मार्क्सवादको गुणात्मक विकासको चरणमा लेनिनवादको विकास भएको छ । त्यस्तै आज मार्क्सवाद – लेनिनवादको गुणात्मक विकासको नयाँ र तेस्रो चरणमा माओवादको विकास भइसकेको छ र यसको विकासको गति निरन्तर अगाडि बढ्ने क्रममै छ । सबैखाले अवसरवाद र आदर्शवाद तथा अधिभूतवादका विरुद्धको संघर्ष गरेर मार्क्सवादको लेनिनवाद र मार्क्सवाद – लेनिनवादको माओवादमा विकास भएको हो ।

सर्वहारावर्गको विश्वदृष्टिकोणका रुपमा रहेको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनका निश्चित, विशिष्ट र बहुविध ऐतिहासिक कार्यभार रहेका छन् । जस्तो किः

(१) वर्गसंघर्ष सहित सिँगो सामाजिक क्रान्तिका समस्याहरुको अध्ययन र समाधानको सवालमा मार्क्सवादको ऐतिहासिक कार्यभार रहेको छ । यश सवालमा समाजमा विद्यमान जनसमुदाय र दुश्मन वर्गबीचका अन्तर्विरोधहरुलाई ठिकसँग बुझ्ने र तिनको वैज्ञानिक ढंगले समाधान गर्ने सवाल नै प्रमुख सवाल हो । यो प्रश्न जनवादी, समाजवादी तथा सिँगो समाजिक क्रान्ति सम्पन्न गर्ने कामसँग सम्बन्धित रहेको छ । उदाहरणका रुपमा सन १९२७ मा सम्पन्न महान् रुसी अक्टोबर समाजवादी क्रान्ति, सन १९४९ मा सम्पन्न महान् चिनियाँ नयाँ जनवादी क्रान्ति लगायत भियतनाम, कोरिया, कम्वोडिया, क्युवा समेतका जनक्रान्तिहरुलाई लिन सकिन्छ । साथै भावी विश्व सर्वहारा क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवाद हुदै साम्यवादसम्म मानव समुदाय पुग्ने बेलासम्म मार्क्सवादले आफ्नो ऐतिहासिक कार्यभार पुरा गर्नुपर्नेछ ।

(२) दुई लाइन संघर्षलाई बुझ्ने र त्यसको समाधान गर्ने प्रश्नमा पनि मार्क्सवादले आफ्नो ऐतिहासिक कार्यभार पुरा गर्दै आएको छ । खासगरी यो प्रश्न कम्युनिस्ट पार्टी भित्रको दुई लाइन संघर्ष, पार्टी भित्र चल्ने विचारधारात्मक अन्तः संघर्षलाई ठिकसँग बुझ्ने र त्यसको समाधान गर्ने प्रश्न प्रमुख प्रश्न हो । यो प्रश्न कम्युनिस्ट पार्टीलाई नयाँ ढंगको क्रान्तिकारी पार्टी बनाउँदै त्यसको नेतृत्वमा सामाजिक क्रान्तिलाई सचेत तथा प्रभावकारी ढंगले अगाडि बढाउने प्रश्न हो ।

उदाहरणका रुपमा रुसमा लेनिनको नेतृत्वमा सञ्चालन गरिएको सोभियत कम्युनिस्ट पार्टी बोल्सभिक र माओको नेतृत्वमा सञ्चालन भएको चिनियाँ कम्युनिस्ट पार्टीले पार्टी भित्र पैदा भएका वैचारिक अन्तर्विरोधहरुलाई ठिकसँग पहिचाहन गरेर मार्क्सवादी ढंगले समाधान गरेर सामाजिक क्रान्तिकारीहरु सम्पन्न गरिएका थिए । बाहेक अन्तर्राष्ट्रियस्तरमा कम्युनिस्ट आन्दोलन भित्रका कम्युनिस्ट पार्टीहरुले पनि यही पद्धति र विधिहरुलाई अप्नाएर पार्टीलाई नयाँ ढंगले क्रान्तिकारी बनाएर जनवादी तथा समाजवादी क्रान्तिहरु सम्पन्न गरेका धेरै उदाहरणहरु छन् ।

(३) दर्शनलाई जनतामा पुर्याबउने र जनतामा विद्यमान सिर्जनात्मक उर्जाको उध्घाटन गर्ने सवालमा मार्क्सवादले आफ्नो ऐतिहासिक कार्यभार पूरा गर्दै आएको छ । यो सवाल जनतालाई प्रशिक्षण तुल्याउने सवालसँग सम्बन्धित रहेको छ । यसमा मुख्य प्रश्न के हो भने प्रायः जसो कम्युनिस्ट पार्टी भित्र नेता तथा कार्यकर्ताहरुले मात्र पढ्ने, उनीहरूलाई मात्र प्रशिक्षित तुल्याउने भन्ने भ्रम व्याप्त रहेको छ । यो ज्यादै कम्जोर पक्ष्य हो ।माथि पनि उल्लेख गरिएको छ, दर्शनलाई जनतामा पुर्याउने सवालमा कमरेड माओले व्यवस्थित रुपमा बताउनु भएको छ । रुस, चीन जस्ता देशहरूमा छिटै प्रतिक्रान्तिलाई रोक्न नसक्नुमा जनतालाई कम्युनिस्ट पार्टीले सचेत र प्रशिक्षत तुल्याउने काममा कमि आउनुलाई पनि एउटा कारण मानिएको छ ।

क्रान्ति पूर्व र क्रान्तिपश्चात् सिँगो जनसमुदायलाई सहभागीता गराएर सामाजिक क्रान्ति सम्पन्न गर्ने र समाजवादको निर्माण र परिचालनमा सिँगो जनसमुदायलाई परिचालन गर्ने कार्यमा मार्क्सवादले आफ्नो ऐतिहासिक कार्यभार बहन गर्दै आएको छ र भावी क्रान्तिहरुमा पनि मार्क्सवादले यस प्रकारको ऐतिहासिक कार्यभार अदा गर्ने प्रश्न अत्यन्तै महत्वपूर्ण प्रश्न हो ।

यसका साथै क्रान्ति सम्पन्न गर्ने र जनताका समग्र उत्पादनमूलक सामाजिक कार्य तथा चिन्तनमूलक गतिविधिहरुलाई योजनाबध्द रुपले सँगठित तुल्याउँदै अगाडि बढ्ने प्रश्न ज्यादै महत्वपूर्ण प्रश्न हो । यो नै मार्क्सवादको ऐतिहासिक कार्यभारको ज्वलन्त उदाहरण पनि हो ।

(४) प्रकृति विज्ञान र सामाजिक विज्ञानका विविध क्षेत्रहरुमा गरिने अध्ययन र अनुसन्धानका कामहरूमा मार्क्सवादी दर्शनको विधिलाई सही ढंगले प्रयोग गर्ने र त्यसका आधारमा विज्ञानसम्मत निष्कर्ष नियमसँग प्रश्न मार्क्सवादको ऐतिहासिक कार्यभारको एक महत्वपुर्ण प्रश्न हो ।

एउटा महत्वपूर्ण सवाल के हो भने आज समाजशास्त्र, मानविकी र संस्कृतिसहित ज्ञान – विज्ञानका विविध क्षेत्रमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी अध्ययन विधिलाई लत्याउदै अधिभूतवादी तथा आदर्श वादी विश्वदृष्टिकोणका आधारमा अध्ययन गरि अवैज्ञानिक निष्कर्षमा पुग्ने प्रक्रिया तीब्ररुपमा बढ्दै गएको छ । नवमाक्सवादी, उत्तर आधुनिकतावादी तथा विविध रुप र रंगका अवसरवादीहरुले यसलाई बढाउने र मानव समुदायमा भ्रम सृजना गर्ने कामलाई बढाई रहेका छन् ।

मार्क्सवादी दर्शनको अध्ययन कुनै विद्वानहरु, कम्युनिस्ट पार्टीका नेताहरु र कार्यकर्ताहरुले मात्र गर्नुपर्छ भन्ने रहेको पाइन्छ । यो बुझाई गलत छ । मार्क्सवादी दर्शनको अध्ययन सिंगो जनसमुदाय र मानव समुदायको विशाल हिस्साले गर्न जरुरी हुन्छ र गर्नुपर्छ । अनि मात्र सिँगो दार्शनिक फाँटमा विद्यमान सबैखाले गलत चिन्तन र प्रवृत्तिहरुमाथि विजय प्राप्त गर्दै क्रान्तिलाई सहि दिशामा अगाडि बढाउन सकिन्छ र लक्ष्य हासिल गर्न सकिन्छ ।

सच्चा मार्क्सवादीहरुले यस प्रकारको अध्ययन विधिको सशक्त रुपमा विरोध र द्वन्द्वात्मक तथा भौतिकवादको विधिलाई दृढताका साथ अवलम्बन गर्न आवश्यक छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका सच्चा क्रान्तिकारी मार्क्सवादीहरुले यो काममा महत्वपूर्ण योगदान गर्दै आएका छन् ।

(५) यहाँ एउटा महत्त्वपूर्ण प्रश्न के हो भने द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादले कुनै पनि वस्तु र प्रक्रियालाई स्थिर वा शाश्वत मान्दैन र तिनलाई गति, विकास र परिवर्तनको अवस्थामा हेर्दछ । यसले जीवनशील र मरणशील, नवीन र पुरातन तथा उत्पीडित र उत्पीडक शक्ति एवम् वर्गका बीचको अन्तर्विरोधलाई सजीव रुपमा प्रस्तुत गर्दै समाजविकासको ऐतिहासिक दिशालाई राम्रोसँग ठम्याउने गर्दछ र यो प्रक्रियामा सामन्तवाद, पुँजीवाद एवम् साम्राज्यवाद सहित सबैखाले प्रतिक्रियावाद तथा उत्पीडक वर्ग विनास एवं पराजय र उत्पीडित जनसमुदायसहित सर्वहारावर्ग, समाजवाद एवं साम्यवाद विकास एवं विजयको दिशालाई अगाडि बढाइरहेका छन् भन्ने कुरालाई राम्रोसँग दर्शाउँछ । मार्क्सवादी दर्शन क्रान्तिकारी र आलोचनात्मक हुनुको साथ साथै वैज्ञानिक र क्रान्तिकारी एवं आशावादी समेत रहेको छ । आम मुक्तिकामी विश्व जनसमुदायको मुक्तिको आशा र भरोसाको केन्द्र बनेको छ । किनकि मानव समुदायको मुक्ति सिद्धान्त मार्क्सवाद भन्दा अर्को क्रान्तिकारी सिद्धान्त छैन र हुन पनि सक्तैन ।

(६) मार्क्सवाद सिँगो विश्वलाई बुझ्ने र बदल्ने प्रश्नसँग अन्तर्सम्बन्धित रहेको छ । सिँगो विश्वलाई बुझ्ने र बदल्ने प्रश्न छ, यो प्रश्न प्रकृतिजगत, मानवसमाज र चिन्तनको क्षेत्रमा विद्यमान अन्तर्विरोधहरुलाई ठिकसँग बुझ्ने र तिनलाई सिँगो मानव जातिको हित अनुकूल प्रश्न हो । यो प्रश्नलाई क्रान्तिकारी मार्क्सवादीहरुले आत्मसात गर्न जरुरी हुन्छ ।

क्रान्तिकारी मार्क्सवादीहरुले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका माथि उल्लेखित कार्यभारहरुलाई राम्रोसँग आत्मसात गरी सिंगो विश्व र आफैलाई बदल्दै अगाडि बढ्ने महान् ऐतिहासिक अभियानमा संलग्न बन्नुको विकल्प छैन । क्रान्तिकारीहरु सर्वहारावर्ग तथा उत्पीडित जनसमुदाय र अन्ततः सिंगो मानवजातिकै सुन्दर, सुसंगत, तथा उदात्त प्रकारको निर्माण गर्न चाहनेहरुले मार्क्सवादको ऐतिहासिक कार्यभार र दायित्वबाट आशावादी भइरहन आवश्यक छ । यो वैज्ञानिक तथ्य हो कि नयाँ संसार विलकुल सम्भव छ । क्रान्तिकारीहरुले दृढताका साथ आशा गर्न अति आवश्यक छ कि नयाँ संसार भनेको साम्यवाद नै हो । साम्यवाद सम्पूर्ण मानव समुदायको वास्तविक नौलो संसार हो । यही संसार निर्माण गर्नका लागि सैद्धान्तिक पथप्रदर्शन र मार्गदर्शनको ऐतिहासिक आवश्यकता पुर्ति गर्ने उद्श्येले मार्लमाक्र्स र फ्रेडरिक एंगेल्लले कठोरतम मिहिनेतका साथ मार्क्सवादको प्रतिपादन गर्नु भएको थियोे, जुन दर्शन आज विश्व सर्वहारावर्ग र समस्त मानव समुदायको हातमा छ ।इमेल : hastkc@gmail.com

(लेखक अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ।)

लेखकका अन्य विचारहरू

कम्युनिष्ट आन्दोलन र आधुनिक संशोधनवाद

वि.सं.२०७८ असार २ बुधवार १२:३४ मा प्रकाशित

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

"देवताले भक्तलाई चिन्नु पर्दैन, भक्तले मात्र देवतालाई चिन्नुपर्छ।" यो नियम...

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

संसारमै चक्मा दिने गरी जनयुद्ध (बिचारले उठेको शसस्त्र संघर्ष) को...