back
CTIZAN AD

सिन्धुपाल्चोक अपडेटः बाढीका कारण मृत्यु भएका सात मध्ये ६ जनाको पहिचान खुल्यो

वि.सं.२०७८ असार २ बुधवार

963 

shares

२ असार, काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बुमा अविरल वर्षापछि आएको बाढीमा परेर बेपत्ता भएका ७ जनाको सब फेला परेको छ । ती मध्ये ६ जनाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मृत्यु भएका सातमध्ये चौतारा साँगाचोकगढी नगरपालिका निवासी कर्मचारी २३ वर्षीय समुन्द्र नेपाल, हेलम्बु–२ का ४२ वर्षीय गणेश ज्योति, ३१ वर्षीय माधव भण्डारी, वडा नं. ३ की ६५ वर्षीय टीकामाया खड्का, वडा नं. ७ का ४५ वर्षीय ज्ञानेन्द्र कक्षपति, वडा नं ६ का ३५ वर्षीय चेङा तामाङको पहिचान खुलको छ भने एक महिलाको पहिचान खुल्न सकेको छैन । बाढीले बगाएर बेपत्ता भएका उनीहरुको इन्द्रावती नदी किनारमा शब फेला परेको थियो ।

May be an image of sky, road, mountain, tree and lake

त्यसैगरी बाढीका कारण मेलाम्ची क्षेत्रका मात्रै पाँचसय मानिस विस्थापित भएका छन् भने हेलम्बुमा मानविय क्षतिको विवरण आएपनि अन्य क्षतिको विवरण प्राप्त भएको छैन ।

प्रहरीका अनुसार बाढीमा फसेका ४२ जनाको उद्धार गरिएको छ । ती मध्ये ३७ जना मेलाम्ची खानेपानप् आयोजनामा कार्यरत सिनो हाइड्रोका कर्मचारी रहेका छन् ।

May be an image of fog and road

त्यस्तै बाढीका कारण मेलाम्ची बजारमा रहेको होटल रोजको छतमा फसेका दुईजनाको नेपाली सेनाको टोलीले हेलिकप्टरमार्फत् सकुसल उद्धार गरेको छ । साथै बाढीमा बेपत्ता भएका अन्यको उद्धार कार्य जारी रहेको पनि प्रहरीले जनाएको छ ।

 

सिन्धुपाल्चोकमा बाढीका कारण ७ बेपत्ता, मेलाम्ची बजारमा बाढी पस्दा कैयौ घरमा क्षति (भिडियो सहित)

वि.सं.२०७८ असार २ बुधवार १४:४२ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

काठमाडौँ । सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश,...

टी ट्वान्टी सिरिज : नेपाल ‘ए’ पहिला ब्याटिङ गर्दै

टी ट्वान्टी सिरिज : नेपाल ‘ए’ पहिला ब्याटिङ गर्दै

काठमाडौँ । अस्ट्रेलियाको डार्बिनमा आजदेखि सुरु भएको ‘टप इण्ड टि...