back
CTIZAN AD

सिन्धुपाल्चोकमा बाढीका कारण ७ बेपत्ता, मेलाम्ची बजारमा बाढी पस्दा कैयौ घरमा क्षति (भिडियो सहित)

वि.सं.२०७८ असार २ बुधवार

810 

shares

२ असार, सिन्धुपाल्चोक । अविरल बर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बु बजार क्षेत्रमा आएको बाढीका कारण ७ जना बेपत्ता भएका छन् ।

हेलम्बुमा रहेको नेपाली सेना, नेपाल प्रहरीको क्याम्प, मेलाम्ची खानेपानी आयोजनास्थल लगायतमा क्षति पुगेको र सातजना बेपत्ता भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रकाश सापकोटाले संसारन्युजलाई जानकारी दिएका छन् ।

‘अहिलेसम्म ७ जना बेपत्ता भएको जानकारी आएको छ । अन्य क्षतिको विवरण संकलन गरिरहेका छौं ।’ सापकोटाले भने ।

मेलाम्ची खानेपानीको मुहान अम्बाथानबाट उर्लेर आएको बाढीले आयोजनामा कार्यरत चिनिया कामदारको क्याम्प तथा आयोजनाको सुरक्षामा खटिएका प्रहरीको क्याम्पमा समेत क्षति पुगेको हो ।

इन्द्रावती र मेलाम्ची नदीमा आएको बाढीले मेलाम्ची बजारको बसपार्क क्षेत्रमा क्षति पुर्याएको छ । बाढीका कारण पुल, पार्क, कर्भड हल लगायतका क्षेत्रमा ठूलो क्षति पुगेको छ ।

मंगलबार रातिदेखि बाढी र पहिरो झर्न थालेपछि स्थानीय किउल, ग्यालथुम, तिपेनी, तालामाराङ, लगायतका स्थानीयबासीहरु घर छोडेर सुरक्षित स्थानमा बसेका छन् ।जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बजार क्षेत्रको एउटा घर ढल्दा सोहि घरले पुरिएका २ जनाको उद्धार गरेर काठमाडौं लैजान लागिएको जानकारी दिए । उनले क्षतिको एकिन विवरण आइनसकेको बताए ।

वि.सं.२०७८ असार २ बुधवार ०८:३२ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...