back
CTIZAN AD

हेलम्बुका बाढीपीडितलाई राहत वितरण

वि.सं.२०७८ असार ६ आइतवार

588 

shares

६ असार, सिन्धुपाल्चोक । हाम्रो जन्मभूमि संस्था र मानव सेवाको सहयात्री संस्थाले संयुक्त रुपमा हेलम्बुका बाढीपीडित करीब ४० घरपरिवारलाई राहत वितरण गरेको छ ।

यही असार १ गते साँझ हेलम्बु गाउँपालिका–१ सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो र यसपछि मेलम्ची खोलामा आएको आकस्मिक र अकल्पनीय बाढीले मानवीय तथा भौतिक संरचनामा क्षति पुर्याएको थियो । हाल उक्त क्षेत्रमा देश तथा विदेशमा रहेका विभिन्न सामाजिक सङ्घसंस्थाद्वारा सहयोग गर्ने क्रमजारी छ ।

हेलम्बु –७ को चनौटे बजारलगायत आसपासका ती घरपरिवारलाई एक बोरा चामल, दुई लिटर तेल, दुई केजी दाल, दुई केजी चिनी, १५ केजी चिउरा, नुन, तेल, चियापत्ती, साबुनलगायत विभिन्न सामग्री वितरण गरिएको थियो ।

उक्त संस्थाका उपाध्यक्ष गीता श्रेष्ठको संयोजकत्वमा गएको टोलीले गाउँका स्थानीय जनप्रतिनिधि वडा सदस्य जीतबहादुर तामाङ कार्यपालिका सदस्य लक्ष्मी सुनुवार स्थानीय स्वयम्सेवक सोम तामाङ र प्रहरीको रोहवरमा बाढीपीडित परिवारलाई राहत वितरण गरिएको थियो ।

उक्त सामग्री वितरण कार्यक्रममा हाम्रो जन्मभूमिका संस्थाका सचिव सुमन श्रेष्ठ, सञ्चालक समितिका सदस्य नारायण श्रेष्ठका साथै संस्थाका सल्लाहाकार तथा फोटोपत्रकार सागर श्रेष्ठको सहाभागिता रहेको थियो ।

करीब दुई लाख बराबरको रकमको राहत सामग्री वितरण गरिएको थियो । सहयात्री संस्था सिन्धुपाल्चोकमा दर्ता भएको गैरनाफामूलक सामाजिक संस्था हो । देशैभरि रहेका विभिन्न समस्यामा परेका नेपालीलाई सहयोग गर्दै आइरहेको छ ।

छोटो समयमा नै उक्त संस्थाको सामाजिक कार्य देखेर स्वदेश तथा विदेशमा रहेका नेपालीको मायाका साथ र आर्थिक सहयोग आउने क्रम जारी छ । आगामी दिनमा दीनदुःखीहरुका सेवामा अग्रस्थानमा रहेर काम गर्ने सञ्चालक सदस्य नारायण श्रेष्ठले जानकारी दिए ।
रासस

वि.सं.२०७८ असार ६ आइतवार १२:३७ मा प्रकाशित

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौँ । नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको...

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

हेटौँडा (मकवानपुर) । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता...

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।...

राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु...

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...