Logo
२७ जेष्ठ २०८०, शनिबार
     Sat Jun 10 2023
E-paper
  English Edition
   Unicode
Logo

मदिरा बिक्री र प्रयोगलाई निरुत्साहित गर्ने अभियान सुरु



 २ फागुन,पथरी (मोरङ) । विराटनगर उपमहानगरवासीले मदिरा बिक्री र प्रयोगलाई निरुत्साहित गर्ने अभियान चलाएका छन् ।

विराटनगरमा मदिराको बिक्री र खानपानले सामाजिक विकृति बढाएकाले सो अभियान चलाएको संयुक्तटोल सङ्गठनका संयोजक राजेश मास्केले बताउनुभयो ।

मस्केका अनुसार विराटनगर–१ मा मदिरा बेच्ने व्यवसायी र भट्टी चलाउनेलाई कोठा भाडामा नदिन अभियान सुरु भएको छ । स्थानीयवासीको पहलमा सुरु भएको अभियानअन्तर्गत घरधनीलाई भट्टी चलाउने र मदिरा बेच्नेलाई घरभाडामा नदिन आग्रह गरिएको छ ।

सो क्षेत्रका स्थानीयले अव्यवस्थित मदिरा व्यवसायका कारण विकृति बढेकाले स्थानीय भट्टाचोकदेखि पानीट्याङ्की चोकसम्म मदिरा निषेधित क्षेत्र घोषणा गरी भट्टी चलाउन नदिने भएका हुन् । स्थानीय लक्ष्मीनारायण मन्दिर पोखरीयाका अध्यक्ष खगेन्द्रप्रसाद पोखरेलले मदिरा व्यवसायका कारण समाजमा महिला हिंसा बढ्नुका साथै विपन्न समुदाय झन विपन्न हुंँदै गएको बताउनुभयो ।

संयुक्त टोल नगर समन्वय समितिका अध्यक्ष राजेश मास्केले सरकारको राजस्व सङ्कलन नीतिका कारण जथाभावी मदिरा पसलको लाइसेन्स बाँड्नाले यस्तो समस्या आइपरेको बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर । तराईमा अत्यधिक गर्मी बढेसँगै विद्यालय बन्द भइरहेको अवस्थामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले

(नारायण ढुङ्गाना) काठमाडौँ । यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको

काठमाडौं । गंगा दाहाल पछिल्लो समय सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा चर्चाको पात्र बनिरहेकी छिन्

काठमाडौँ । अहिले नेपालको समसामायिक विषयको बनेको छ ‘ग्रेटर नेपाल’ को नक्शा । भारतले