back

किसानले अहिले पनि ३२ रुपैयाँ लिटरमा दुध बेच्नुपर्ने बाध्यता छ

वि.सं.२०७३ फागुन २ सोमवार

198 

shares
NTC AD
Global IME AD
NMB Bank Limited Long Ad Banner

pant

सरकारले हरेक आर्थिक वर्षमा कृषिलाई आधुनिक र व्यवसायिक बनाउने भनेर योजनाहरु धेरै बनाउछ । तर ति योजनाहरु कागजमा मात्र सीमित हुन्छन् । कृषकलाई प्रत्यक्ष लाभ पुग्ने खालका योजना बनाउन सरकार चुकेको देखिन्छ । सरल ब्याजमा ऋण उपलब्ध गराउन नसक्नु एउटा कमजोरी हो भने अर्काे बजार व्यवस्थापन गर्न नसक्नु । किसानले आफुले दुःख गरेअनुसारको प्रतिफल प्राप्त गर्न सकिरहेका छैनन् । गाइ पाल्यो दुध सडकमा पोख्नुपर्ने अवस्था, तरकारी लगायो बारीमै कुहिने अवस्था छ । सरकारको आर्थिक वर्षको योजना हेरेर युवाहरु केही समय कृषिमा उत्साहित भएर लाग्छन् तर पछि त्यसको प्रतिफल राम्रो नभएपछि विकल्प खोज्न थाल्छन् । ति मध्ये एक हुन् डेष्टिनेसन एग्रो फार्मका प्रोपाइटर प्रदिप राज  पन्त । पन्तले भक्तपुरको झौखेलमा ४ वर्षदेखि गाई फर्म संचालन गर्दै आएका छन् तर त्यसबाट उनी सन्तुष्ट छैनन् । किन यस्तो भयो त ? यसै विषयमा केन्द्रित रहेर संगीता पनेरुले पन्तसँग गरेको कुराकानी :

cow-farm1

गाई फर्मबाट आम्दानी त राम्रै गरिरहनु भएको होला नी है ?
खै के सन्तुष्ट भन्नु । कृषि नै देश विकासको मुख्य आधार हो भनेर लागियो । तर अहिले किन यस्तो गरिएछ भनेर पछुत्तो पनि लाग्छ कहिलेकाँही । किनकी राज्यले हामी जस्ता युवाहरुको लागि भनेर कुनै पनि योजना ल्याउन सकेन । ल्याएका केही योजनहरु पनि कार्यन्वयन गरेन । यसले गर्दा हामी जस्ता युवाहरु कृषि पेसामा लाग्नु ठिक रहेनछ भन्ने लाग्छ । मैले ४ करोडको लगानी गाई फर्म खोलें । त्यसमा न त सरकारी पक्ष अनुगमनको लागि जान्छ । न त तालिमको व्यवस्था गर्छ न सरल ब्याजमा ऋण दिएर प्रोत्साहन नै गर्छ । त्यसले गर्दा हामीले मात्र चाहेर नहुने रहेछ ।

एउटा युवा विदेश जाने अथवा राम्रो जागिर खाने रहर थियो होला ? किन कृषि पेसा नै रोज्नु भयो त ?

जागिर खाने रहर होइन मैले जागिर नै खान्थे । एउटा एनजिओमा । -Empowerment of Rural Women In Makwampur District, Supported by DFID , UK ) यो संस्थामा काम गर्दै गर्दा हामी जस्ता युवाहरुले कृषि पेसालाई पनि प्राथमिकता दिनुपर्छ । हामीले नगरे कसले गर्छ भन्ने लागेर आयो र भक्तपुरको झउखेल ८ मा ३५ रोपनी जग्गा लिजमा लिएर गाई फर्म सञ्चालन गरें । अरु युवाहरुलाई पनि प्रोत्साहन होस भनेर । २२ वटा गाइबाट सञ्चालन भएको फर्ममा अहिले ७६ वटा गाई पुगे । तर म अहिले सन्तुष्ट हुन सकिन ।

cow-farm2

तपाईंले यत्रो फर्म सञ्चालन गर्नुभएको छ राज्यले कहि न कहि त सहयोग गरेको होला नी ?

राज्यले अहिलेसम्म एक रुपैयाँको पनि सहयोग गरेको छैन । हामीलाई बिटा बिटा पैसा दिइयोस भन्ने अपेक्षा होइन । मात्र के हो भने सरकारले किसानको हितमा नीति बनाउने र बनाएका नीतिगत कुरा कहाँ र किन रोकिएको छ त्यसमा ध्यान दिई जुन पार्टीको सरकार आए पनि कार्यान्वयन गरिनुपर्छ भन्ने हो । तर सरकार यस्तो कुरामा ध्यान नै दिँदैन ।

तपाईले ऋण त कृषि विकास बैंकबाट नै त लिनु भएको होला नी ?
मैले कृषि विकास वैंकबाट अहिलेसम्म ऋण पाएको छैन । मैले गरेको सवै लगानी ग्लोवन आइएमी बैंकबाट ऋण लिएर हो । र बाँकी आफ्नो स्थिर सम्पति बेचको पैसा ।

सरकारले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ ?
कृषिमा उत्साहित किसानलाई सजिलोगरी जग्गा लिजमा लिने वातावरण बनाइदिनुप¥यो । प्राविधिक पक्षमा ध्यान दिनुप¥यो । १०० प्रतिशत पशुबिमा हुनुप¥यो, भ्याक्सिनको सुविधा दिनुप¥यो । सबै भन्दा महत्वपूर्ण पक्ष भनेको बजार व्यवस्थापन हो । किसानले अहिले पनि ३२ रुपैयाँ लिटरमा दुध बेच्नुपर्ने बाध्यता छ । बाहिर किन्दा त्यही दुधको मूल्य ८० देखि ९० रुपैयाँ पर्छ । त्यसले गर्दा गाई पाल्ने किसानले भन्दा बिचौलीयाले बढी पैसा कमाइरहेको अवस्था छ । किसानले उत्पादन गरेको चिजलाई सरकारले नै किनिदिनु प¥यो भन्ने मेरो माग हो ।

भनेपछि तपाईले कृषिको विकल्प खोज्नुभएको छ ?
अहिले नै विकल्प त खोजिहालेको होइन । तर राज्यको पारा यही हो भने त हामी जस्तो मान्छे टिकिरहन धेरै गाह्रो हुन्छ ।

वि.सं.२०७३ फागुन २ सोमवार ०८:२९ मा प्रकाशित

NLIC AD
NABIL bank AD