back
CTIZAN AD

हयापी भ्यलेनटाइन डे

वि.सं.२०७३ फागुन २ सोमवार

1K 

shares

gita pudasaini

जसरी

सुस्तरी सुस्तरी
जब आरुको फुलहरुले पर कतै बाट
सिर्र सिर्र
बतास आए पिच्छे
छाडिदिनु पर्छ
बसिरहेको थुङ्गा
त्यसैगरि
आफ्नु अनुहार भरिको
मुस्कान
सर्लक्क पोखिदिएर
मेरो अनुहार भरि
काखमा राखिदिएर सुकिलो जिन्दगी
पसिना सग जिउँन सिकाउने
बर्ण जस्तो लाग्ने
सपनालाई
अर्थ पुर्ण शब्द र वाक्य बनाउन
सिकाउने मेरि आमा
हयाप्पी भ्यालेनटाइन डे।

अल्प विराम
जस्तै आधा जिन्दगी
कमा दिए जस्तो
कसैलाई राखेर आफ्नो पछाडी
उभ्याएर प्रश्न बाचक चिन्ह
पाइला पाइलामा
सोधिएका एक मान्द्रो प्रश्नहरु
आफ्नो सेतै फुलेको कपाल भरी उनेर
कुनै शिशुको अबोध तोते हासो जस्तै
मिठो मुस्कान
चाउरिएका अनुहार भरी
मेरै लागि मात्र
पुर्णिामाको साझ
ल्याउन सक्ने
मेरि हजुरआमा
हयाप्पी भ्यालेनटाइन डे।।

सताब्दियौ देखी
उभिएर थुम्कोमा
पिएर सदियौ हिउँद
मुस्कुराइरहेको पलासको थुङ्गा जस्तो
सबैले
अन्तिम अनुच्छेदमा मात्र राख्ने
कथाको शाराम्श झै
प्रश्न ,कमा, र अल्पबिरामलाइ
पुर्ण बिराम दिने
मेरा बा
ह्यप्पी भ्यालेनटाइन डे।।।

लाममा उभिएको तिर्थालुलेझै
हरेक छिडि छिडिमा उभिएर आगनको डिलमा मुस्कुराइरहेको
गुलाफ मुसारे झै
मेरा आँखा भरी फुल्दै गरेका सपनाहरुलाइ समेटेर
छाती भरी फुलाएर राख्न सक्ने
मुल बाटो टुङ्याउन उभिएका
दोबाटोहरु बाट बचाएर
हिर्दयको उचाइमा पुग्न सघाउने
डुबुल्की मरेर प्रेमको गहिराईमा
जिन्दगीको डुंगा तार्न सिकाउने
मेरो प्रेम
मेरो जिन्दगी
हयाप्पी भ्यालेनटाइन डे।।

वि.सं.२०७३ फागुन २ सोमवार ०९:४५ मा प्रकाशित

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

कविता : हे भानु आऊ अब

कविता : हे भानु आऊ अब

विदुर अधिकारी,रामपुर, चितवन जन्म्यौ भानु असार मास दिनको, उन्तीस जाँदा...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...