back
CTIZAN AD

तिलोत्तमामा अनुदानमा फलफूलका बिरुवा वितरण

वि.सं.२०७८ असार ११ शुक्रवार

684 

shares

११ असार, रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अनुदानमा फलफूलका विरुवा वितरण शुरु गरेको छ । हरेक वर्ष ५० हजार विरुवा रोप्ने नीति लिएको तिलोत्तमामा चालु आर्थिक वर्षमा २० हजार फलफूल र ३० हजार वनस्पतिजन्य विरुवा रोप्ने योजना छ । विरुवा रोपणमा नगरबासीलाई प्रोत्साहन गर्न नगरपालिकाले फलफूलका विरुवामा ५० प्रतिशत अनुदान दिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए ।

नगरपालिकाले २०७७ चैत २४ र २०७८ वैशाख ७ गते सार्वजनिक सूचना प्रकाशित गरी नगरबासीसँग फलफूलका विरुवाको लगत माग गरेकामा सोही मागअनुसार फलफूलका विरुवामा अनुदान दिइएको जनाएको छ । नगरपालिकाले आँप, लिची, कटहर, कागती, अनार, एभोकाडो, ड्रागन फ्रुट, मेवा, अम्बा, अमलालगायत फलफूलका विरुवामा अनुदान उपलब्ध गराएको हो । नगरपालिकाले वनस्पतिजन्य विरुवा भने निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

ग्रीन तिलोत्तमा स् क्लिन तिलोत्तमा अभियान चलाएको तिलोत्तमा नगरपालिकाले नगर सरसफाइ र हरियाली प्रवद्र्धन कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ । सोहीअनुसार यो वर्ष पनि वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिइएको नगर प्रमुख घिमिरेले बताए । पर्यावरण संरक्षण अहिलेको अपरिहार्य आवश्यकता भएको बताउँदै उहाँले वनस्पतिजन्य विरुवा रोपणमा विभिन्न सङ्घसंस्था, सामुदायिक वन, पार्कसँग सहकार्य गरिएको बताए ।

फलफूलका विरुवा रोपणले एकातिर हरियाली प्रवद्र्धन हुने र अर्कोतिर फलफूलको उपलब्धतालाई बढाईं नगरबासीको स्वास्थ्यमा टेवा पु¥याउने भएकाले अनुदानको व्यवस्था मिलाइएको उनले स्पष्ट पारे । नगर प्रमुख घिमिरेले रोपिएका विरुवाको उचित हेरचाह गर्न समेत सबैलाई आग्रह गरे । तिलोत्तमाले सडक किनारमा वृक्षरोपण गर्ने, घरनक्सा पास गर्दा पाँच विरुवा अनिवार्य रोपणदेखि जन्म दिनमा कम्तिमा एउटा विरुवा रोप्न नगरबासीलाई आह्वान गर्नेलगायत हरियाली प्रवद्र्धनका काम गर्दै आएको छ ।

वि.सं.२०७८ असार ११ शुक्रवार ०६:४५ मा प्रकाशित

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

राँझा (बाँके) । जेठ महिनाको अन्त्य हुँदा पनि पर्याप्त पानी...

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...