back

तिलोत्तमामा अनुदानमा फलफूलका बिरुवा वितरण

वि.सं.२०७८ असार ११ शुक्रवार

405 

shares
GLOBAL IME AD
NTC AD

११ असार, रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अनुदानमा फलफूलका विरुवा वितरण शुरु गरेको छ । हरेक वर्ष ५० हजार विरुवा रोप्ने नीति लिएको तिलोत्तमामा चालु आर्थिक वर्षमा २० हजार फलफूल र ३० हजार वनस्पतिजन्य विरुवा रोप्ने योजना छ । विरुवा रोपणमा नगरबासीलाई प्रोत्साहन गर्न नगरपालिकाले फलफूलका विरुवामा ५० प्रतिशत अनुदान दिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए ।

नगरपालिकाले २०७७ चैत २४ र २०७८ वैशाख ७ गते सार्वजनिक सूचना प्रकाशित गरी नगरबासीसँग फलफूलका विरुवाको लगत माग गरेकामा सोही मागअनुसार फलफूलका विरुवामा अनुदान दिइएको जनाएको छ । नगरपालिकाले आँप, लिची, कटहर, कागती, अनार, एभोकाडो, ड्रागन फ्रुट, मेवा, अम्बा, अमलालगायत फलफूलका विरुवामा अनुदान उपलब्ध गराएको हो । नगरपालिकाले वनस्पतिजन्य विरुवा भने निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

ग्रीन तिलोत्तमा स् क्लिन तिलोत्तमा अभियान चलाएको तिलोत्तमा नगरपालिकाले नगर सरसफाइ र हरियाली प्रवद्र्धन कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ । सोहीअनुसार यो वर्ष पनि वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिइएको नगर प्रमुख घिमिरेले बताए । पर्यावरण संरक्षण अहिलेको अपरिहार्य आवश्यकता भएको बताउँदै उहाँले वनस्पतिजन्य विरुवा रोपणमा विभिन्न सङ्घसंस्था, सामुदायिक वन, पार्कसँग सहकार्य गरिएको बताए ।

फलफूलका विरुवा रोपणले एकातिर हरियाली प्रवद्र्धन हुने र अर्कोतिर फलफूलको उपलब्धतालाई बढाईं नगरबासीको स्वास्थ्यमा टेवा पु¥याउने भएकाले अनुदानको व्यवस्था मिलाइएको उनले स्पष्ट पारे । नगर प्रमुख घिमिरेले रोपिएका विरुवाको उचित हेरचाह गर्न समेत सबैलाई आग्रह गरे । तिलोत्तमाले सडक किनारमा वृक्षरोपण गर्ने, घरनक्सा पास गर्दा पाँच विरुवा अनिवार्य रोपणदेखि जन्म दिनमा कम्तिमा एउटा विरुवा रोप्न नगरबासीलाई आह्वान गर्नेलगायत हरियाली प्रवद्र्धनका काम गर्दै आएको छ ।

वि.सं.२०७८ असार ११ शुक्रवार ०६:४५ मा प्रकाशित

घुससहित प्रहरी नायब निरीक्षक पक्राउ

घुससहित प्रहरी नायब निरीक्षक पक्राउ

लुम्बिनी (मर्चवार) । रूपन्देहीमा एक प्रहरी नायब निरीक्षक (सइ)लाई अख्तियार...

विद्युतीय सवारीलाई हरियो नम्बर प्लेटमा परिवर्तन गर्न अदालतको परमादेश

विद्युतीय सवारीलाई हरियो नम्बर प्लेटमा परिवर्तन गर्न अदालतको परमादेश

मर्चवार (लुम्बिनी) । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले लुम्बिनी विकास...

प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेन

प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेन

दाङ । गएराति २ बजेदेखि साङ्ग्रिला प्लाई उद्योगमा सुरू भएको...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल

काठमाडौं । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल थालिएको छ...

साङ्ग्रिला प्लाई उद्योगमा आगलागी

साङ्ग्रिला प्लाई उद्योगमा आगलागी

दाङ । घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगलागी भएको...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेजमा विशेष छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेजमा विशेष छुट

काठमाडौं ।  ग्लोबल आइएमई बैंकका ग्राहकले पाल्पाको लुम्बिनी मेडिकल कलेजमा...