back
CTIZAN AD

जापानमा गम्भीर साइबर अपराधविरुद्ध नयाँ संरचना बनाउन माग

वि.सं.२०७८ असार ११ शुक्रवार

615 

shares

१० असार । टोकियो जापानमा गम्भीर प्रकृतिका साइबर अपराधविरुद्ध कार्य गर्न नयाँ विशेष संरचना बनाउन माग गरिएको छ । चीन, रुस, उत्तर कोरियालगायत विभिन्न देशबाट हुने साइबर अपराधसँगै अन्य ठूला तथा गम्भीर प्रकृतिका साइबर अपराधका विरुद्धमा कारबाही गर्न नयाँ संरचना बनाउन माग गरिएको हो ।

सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार राष्ट्रिय प्रहरी कार्यालयले प्रहरी सम्वन्धी विद्यमान कानुनमा पनि संशोधन गर्न आवश्यक रहेको समेत जनाएको छ ।

पुरानोको कानुनी व्यवस्थाका कारण कतिपय कार्यमा कठिनाइ भइरहेको र कतिपय नयाँ समस्याहरुको समाधानका लागि पुरानो कानुन अपुग भएको प्रहरीको भनाई छ ।

कानुन संशोधन र साइवर सम्वन्धी ठूला समस्या समाधानका लागि छुट्टै निकाय गठन गराउने बारेमा प्रहरीको केन्द्रीय कार्यालयबाट आन्तरिक गृहकार्य भइरहेको पनि समाचारमा जनाइएको छ ।

साइबर र इन्टरनेटसम्वन्धी नयाँ नयाँ र ठूला तथा गम्भीर प्रकृतिका समस्याहरु धेरै आउन थालेकाले यसका लागि दक्ष जनशक्तिसहितको छुट्टै व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको प्रहरी अधिकारीहरुले बताएका छन् ।

प्रहरीले कतिपय नयाँ विषयहरुमा पर्याप्त र प्रभावकारी अनुसन्धान गर्न नजान्दा अपराधीहरुले प्रमाण नस्ट गर्ने गरेको र दोषी पत्ता लगाउन गाह्रो भएको प्रहरीले जनाएको छ ।

साइबर सम्वन्धी नयाँ विभाग गठन भएमा त्यसले सूचना संकलन गर्ने, विश्लेषण गर्ने, सरोकारवालाहरुसँग समन्वय गर्ने, साइबर नीतिलाई प्रभावकारी बनाउने, साइबर अपराधहरु न्युनिकरण गर्नेलगायतका कार्यमा सहयोग पुग्ने प्रहरी अधिकारीहरुको बुझाई छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको सदस्यसमेत रहेका एक जना चिनियाँ इन्जीनियरले जापानका विभिन्न कम्पनीहरुमा साइबर आक्रमण गरेको पत्ता लागेपछि प्रहरीले यस्ता अपराधहरु विरुद्ध कार्य गर्न छुट्टै विषेश विभागको आवश्यकता रहेको निश्कर्ष निकालेको हो ।

वि.सं.२०७८ असार ११ शुक्रवार ०६:५३ मा प्रकाशित

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...