११ असार, काठमाडौँ । श्रीलंका र इंल्याण्ड बिचको दोस्रो टि-२० मा इंल्याण्डले ५ विकेटले जित हासिल गरेको छ ।
टस जितेर पहिले ब्याटिङ्ग गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाएर १११ रन बनाएको थियो । श्रीलंकाका लागि ब्याटिङ्गमा कुशल मेन्दिशले सर्वाधिक ३९ रन बनाएका थिए भने इंल्याण्डका लागि बलिङ्गमा मार्क वुड र आदिल राशिदले सर्वाधिक २/२ विकेट लिएका थिए ।
वर्षाको कारणले गर्दा दोस्रो इनिङ्ग १८ ओभरमा घटाईएको थियो । इंल्याण्डले १८ ओभरमा १०३ रनको लक्ष्य पाएको थियो । श्रीलंकाले दिएको १०३ रनको लक्ष्य इंल्याण्डले १६.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । इंल्यण्डका लागि ब्याटिङ्गमा लियाम लिभिंगस्टोनले सर्वाधिक २९ रन बनाएका थिए भने श्रीलंकाका लागि बलिङ्गमा वानिन्दु हसरंगाले सर्वाधिक २ विकेट लिएका थिए ।
जितसँगै इंल्याण्डले ३ खेलको टि-२० श्रृखला एक खेल बाँकी रहदैँ आफ्नो नाममा गरेको छ ।
वि.सं.२०७८ असार ११ शुक्रवार ०७:५५ मा प्रकाशित



























