back
CTIZAN AD

शब्दयात्रा प्रकाशनद्वारा सम्मान गर्ने तीन स्रष्टाको नाम सार्वजनिक गरिँदै

वि.सं.२०७८ असार १३ आइतवार

642 

shares

१३ असार, काठमाडौँ । शब्दयात्रा प्रकाशनले आख्यानकार गीता केशरी, भाषा व्याकरण संरक्षणकर्मी शरच्चन्द वस्ती र चार वेदलाई नेपालीमा अनुवाद गर्र्नेअनुवादक तिलकप्रसाद लुइँटेललाई सम्मान गर्ने भएको छ ।

प्रशासनिक क्षेत्रमा लागेर अर्को विधामा महत्वपूर्ण योगदान गर्ने महिलालाई समर्पण गरिने प्रशासनिक महिला प्रतिभा सम्मान २०७८ सालका लागि आख्यानकार केशरी (काठमाडौँ) लाई समर्पण गरिने प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले राससलाई जानकारी दिए । यो सम्मानको आर्थिक व्यवस्थापन पूर्वसचिव तथा गायिका उर्मिला श्रेष्ठले गरेका हुन् ।

यसैगरी अघिल्लो वर्ष सञ्चार माध्यमबाट प्रकाशित र प्रसारित लेख रचनामध्ये पाठकमतबाट उत्कृष्ट ठहरिएका स्तम्भकार वा लेखकलाई समर्पण गरिने स्तम्भकार सम्मान २०७८ सालका लागि नेपाली भाषा–व्याकरणको संरक्षण–सम्वद्र्धनमा उल्लेख्य योगदान गरेकामा शरच्चन्द्र वस्ती (सुनसरी) लाई समर्पण गरिने भएको छ । यस सम्मानको आर्थिक व्यवस्थापन पत्रकार हरिगोपाल प्रधानले गरेका हुन् ।

कुनै पनि विधाबाट राष्ट्रिय जागरणका क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तित्वलाई समर्पण गरिने राष्ट्रझङ्कार सम्मान २०७८ सालका लागि चारै वेदलाई नेपाली भाषामा अनुवाद गरी प्रकाशन गराएका लुइँटेल (तेह«थुम) लाई समर्पण गरिने भएको छ । यस सम्मानको आर्थिक व्यवस्थापन साहित्यकार कृष्णहरि मैनालीले गरेका हुन् ।

प्रकाशनले अन्वेषक भरत जङ्गम, प्रा डा नन्दीश अधिकारी र निर्मला श्रेष्ठलाई सम्मान गर्ने घोषणा एक महिनाअघि गरेको थियो । प्रकाशनले प्रत्येक वर्ष नौ जना स्रष्टालाई सम्मान गर्ने गरेकामा बाँकी तीनजनाको नाम पनि छिट्टै सार्वजनिक गरिने जनाइएको छ । छनोट समितिले चयन गरेका व्यक्तित्वलाई नै प्रकाशनले सम्मान समर्पण गर्ने गरेको छ ।

प्रकाशनद्वारा प्राचार्य लोकेन्द्र ढकालको संयोजकत्वमा गठित सम्मानित व्यक्तित्व चयन समितिले अनलाइन बैठक बसी नाम छनोट गरेर नामावली उपलब्ध गराएका आधारमा घोषणा गरिएको उनले जानकारी दिए । उक्त समितिले शब्दयात्रा प्रकाशनबाट २०७८ सालको प्रथम चरणमा समर्पण गर्नुपर्ने नौ विधाका सम्मानबाट सम्मानित व्यक्तित्वमध्ये छ जनाको नाम छनोट गरेको छ ।

बाँकी तीन जनाको नाम पनि छिट्टै सार्वजनिक गरिने जनाइएको छ । दोस्रो चरणमा पनि नौ गरी प्रकाशनले प्रत्येक वर्ष १८ जना स्रष्टालाई सम्मान गर्ने गरेको छ । सम्मानपत्र र नगद रु पाँच हजार राशिसहित सम्मानित गरिने जनाइएको छ ।
रासस

वि.सं.२०७८ असार १३ आइतवार १३:३६ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...