
१३ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले अदालतले जेठ २ गते अघिको पार्टी संरचनालाई बैद्यानिकता दिइसकेको अवस्थामा अध्यक्ष केपी ओलीले डाकेको स्थायी कमिटीको बैठक अवैधानिक रहेको टिप्प्णी गरेका छन् ।
अध्यक्ष पराजुलीले पार्टी अध्यक्ष ओलीले अदालतले दिएको बैद्यानिकतालाई ठाडो उल्लंघन गर्दै तथा चुनौती दिँदै आज नेकपा एमालेको स्थायी कमिटीको बैठक (आफ्नो पक्षका स्थायी कमिटीका सदस्यहरुको बैठक) डाकेकोमा आपत्ति जनाउँदै त्यसलाई अवैद्यानिक, लज्जास्पद र हास्यास्पद भएको टिप्पणी गरेका छन् ।
‘आफै भ्याकेटमा जाने आफै न्यायालयको निर्णयलाई अस्वीकार गर्ने ? अब यो कुराले पनि थप स्पष्ट हुन्छ कि केपि शर्मा ओलीले जनताको बहुदलीय जनवादको सिद्धान्तलाई समेत अवमूल्यन गरेको कुरा आम नेता कार्यकर्ता जनतामा घाम जतिकै छर्लङ्ग भयो ।’ अध्यक्ष पराजुलीले भनेका छन् ।
वि.सं.२०७८ असार १३ आइतवार १३:३२ मा प्रकाशित