back
CTIZAN AD

ओलीले डाकेको बैठक अवैधानिक भन्दै माधव पक्षका विद्याथी नेता पराजुलीको आपत्ति

वि.सं.२०७८ असार १३ आइतवार

582 

shares

१३ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले अदालतले जेठ २ गते अघिको पार्टी संरचनालाई बैद्यानिकता दिइसकेको अवस्थामा अध्यक्ष केपी ओलीले डाकेको स्थायी कमिटीको बैठक अवैधानिक रहेको टिप्प्णी गरेका छन् ।

अध्यक्ष पराजुलीले पार्टी अध्यक्ष ओलीले अदालतले दिएको बैद्यानिकतालाई ठाडो उल्लंघन गर्दै तथा चुनौती दिँदै आज नेकपा एमालेको स्थायी कमिटीको बैठक (आफ्नो पक्षका स्थायी कमिटीका सदस्यहरुको बैठक) डाकेकोमा आपत्ति जनाउँदै त्यसलाई अवैद्यानिक, लज्जास्पद र हास्यास्पद भएको टिप्पणी गरेका छन् ।

‘आफै भ्याकेटमा जाने आफै न्यायालयको निर्णयलाई अस्वीकार गर्ने ? अब यो कुराले पनि थप स्पष्ट हुन्छ कि केपि शर्मा ओलीले जनताको बहुदलीय जनवादको सिद्धान्तलाई समेत अवमूल्यन गरेको कुरा आम नेता कार्यकर्ता जनतामा घाम जतिकै छर्लङ्ग भयो ।’ अध्यक्ष पराजुलीले भनेका छन् ।

 

 

वि.सं.२०७८ असार १३ आइतवार १३:३२ मा प्रकाशित

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...