
१३ असार, काठमाडौँ । ग्लोबल आइएमई क्यापिटल लिमिटेड तथा ग्लोबल आइएमई बैंकले आफ्ना हितग्राहीहरुलाई डिम्याट खाता नविकरण शुल्क बुझाउन आग्रह गरेको छ ।
क्यापिटलले एक सूचना जारी गर्दै बैंकका शाखाहरुमार्फत डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुलाई आ.व. २०७७/०७८ सम्मको डिम्याट खाता संचालन गरे वापत वार्षिक शुल्क प्रत्येक आ.व. १०० (अक्षरुपी सय माात्र) का दरले भुक्तानी गर्न अनुरोध गरेको छ ।
हितग्राहीहरुले ग्लोबल आइएमई क्यापिटल लिमिटेड तथा ग्लोबल आइएमई बैंक लिमिटेडको आफूलाई पायक पर्ने नजिकैको शाखा कार्यालयहरू तथा र कनेक्ट आइपीएस, इ सेवा, आइएमई पेबाट भुक्तानी गर्न सकिने जनाएको छ ।
तोकिएको समयमा वार्षिक शुल्क भुक्तानी नगरेमा डिम्याट खाता रोक्का गर्ने कम्पनीले जनाएको छ ।
वि.सं.२०७८ असार १३ आइतवार १३:२४ मा प्रकाशित