back
CTIZAN AD

प्रधानमन्त्रीका लागि देउवाले गरेको दाबी निवेदन नै किर्ते !

वि.सं.२०७८ असार १४ सोमवार

690 

shares

असार १४, काठमाडौं । महान्यायाधीवक्ता रमेश बडालले कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि गरेको दाबी निवेदन किर्ते भएको दाबी गरेका छन् । सोमबार प्रतिनिधि सभा विघटनका विरुद्व दायर रिट निवेदनको विपक्षमा बहस गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले देउवाले गरेको दाबी पत्रमा क्रमसंख्या नमिलेको र टिपेक्स लगाएको बताए । देउवाको दाबी निवेदनमा फौजदारी कानुन आकर्षित हुने उनको भनाई छ ।

‘उहाँको निवेदन किर्ते, जालसाजी र भ्रष्टाचार निवारण सम्बन्धी कानुन लाग्ने खालको छ,’ उनले भने।

उनले किर्ते भनेकोमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रश्न उठाएका थिए । उनले निवेदन दर्ताको बेलामा किन नहेरिएको भनि सोधेको थिए । जसमा बडालले देउवाको इज्जत जोगाइदिन जामा पहि¥याइदिएको बताए ।

‘राष्ट्रपतिले संवैधानिक जामा पहिर्‍याइदिएर उनीहरूको इज्जत जोगाइदिनु भएको थियो। इज्जतको जामा फुकालेर आएपछि हामीले भन्न त पाइयो नि श्रीमान्,’ बडालले भने।

वि.सं.२०७८ असार १४ सोमवार १७:३९ मा प्रकाशित

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...