
असार १४, काठमाडौं । महान्यायाधीवक्ता रमेश बडालले कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि गरेको दाबी निवेदन किर्ते भएको दाबी गरेका छन् । सोमबार प्रतिनिधि सभा विघटनका विरुद्व दायर रिट निवेदनको विपक्षमा बहस गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले देउवाले गरेको दाबी पत्रमा क्रमसंख्या नमिलेको र टिपेक्स लगाएको बताए । देउवाको दाबी निवेदनमा फौजदारी कानुन आकर्षित हुने उनको भनाई छ ।
‘उहाँको निवेदन किर्ते, जालसाजी र भ्रष्टाचार निवारण सम्बन्धी कानुन लाग्ने खालको छ,’ उनले भने।
उनले किर्ते भनेकोमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रश्न उठाएका थिए । उनले निवेदन दर्ताको बेलामा किन नहेरिएको भनि सोधेको थिए । जसमा बडालले देउवाको इज्जत जोगाइदिन जामा पहि¥याइदिएको बताए ।
‘राष्ट्रपतिले संवैधानिक जामा पहिर्याइदिएर उनीहरूको इज्जत जोगाइदिनु भएको थियो। इज्जतको जामा फुकालेर आएपछि हामीले भन्न त पाइयो नि श्रीमान्,’ बडालले भने।
वि.सं.२०७८ असार १४ सोमवार १७:३९ मा प्रकाशित