back
CTIZAN AD

सरकारी निर्णयको विरोधमा उत्रियो यातायात क्षेत्र

वि.सं.२०७८ असार १४ सोमवार

897 

shares

१४ असार, काठमाडौं । असार १५ गतेबाट सार्वजनिक सवारी साधन जोर÷बिजोरका आधारमा सञ्चालन गर्ने सरकारको निर्णय गलत भएको भन्दै यातायात व्यवसायी तथा मजदुर संघ–संगठन विरोधमा उत्रिएका छन् । उनीहरुले देशैभर सबै किसिमका सवारी साधन चलाउने व्यवस्था गर्न पनि माग गरेका छन् ।

सोमबार नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदूर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त विज्ञप्तिमार्फत यस्तो माग गरेका हुन् ।

‘अर्थतन्त्रलाई गतिशिल बनाउने जनताको दैनिक जीवनयापनलाई सहज बनाउने जस्तो महत्वपूर्णँ सार्वजनिक यातायात क्षेत्र भने सञ्चालन गर्न नदिनु अत्यन्तै अव्यवहारिक छ’, सोमबार संयुक्त प्रेस विज्ञप्ति निकाल्दै उनीहरुले भनेका छन्, ‘सार्वजनिक सवारी साधन सुरक्षित रुपमा सञ्चालन गर्ने विषयमा हामीले दिएका सुझाबलाई वेवास्ता गर्दै सरकारले एकांकी रुपमा असार १५ गतेबाट सवारी सञ्चालन गर्ने विषयमा गरिएका अव्यवहारिक निर्णय सच्याउन आग्रह गर्दछौं, उक्त निर्णयलाई सच्याउँदै सबै प्रकारका र देशैभरीका सार्वजनिक सवारी साधनहरु (लामो दुरी, मध्यम दुरी र छोटो दुरी) सञ्चालन अनुमतिका लागि अनुरोध गर्दछौं ।’

यातायात व्यवसायी तथा संघ–संगठनहरुले माग सुनुवाई नगरे आगामी असार १८ देखि सरकारी नियमलाई तोड्दै यातायात सञ्चालन गर्ने चेतावनी पनि दिएका छन् । मागको सुनुवाई नगरे आफुहरुले आगामी असार १८ गतेबाट देशभरका सम्पूर्ण सार्वजनिक सवारी साधनहरु चलाउने चेतावनीसमेत गरेका छन् ।

‘यदि हाम्रो अनुरोधलाई सुनुवाई नगरिए यही असार १८ गतेदेखि देशैभरिका सम्पूर्णं सार्वजनिक सवारीका साधनहरु आवश्यक स्वास्थ्य मापदण्ड अपनाई सञ्चालन गरिने जानकारी गराउँछौं’, विज्ञप्तिमा भनिएको छ ।

कोरोना खोपको व्यवस्था तत्काल गर्न माग
यातायात क्षेत्रका व्यवसायी तथा मजदुरहरुले कोरोनाविरुद्व खोप तत्कालै उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । कोभिड–१९बाट यातायात क्षेत्र सबैभन्दा बढि जोखिममा रहेको भन्दै उनीहरुले खोपको माग गरेका हुन् ।

यसअघि पनि उनीहरुले यातायात क्षेत्र सञ्चालनमा ल्याउन खोपको व्यवस्था हुनुपर्ने बताउँदै आएका थिए । व्यवसायी तथा मजदुर र सरकारबीच खोपको व्यवस्था गरेर यातायात क्षेत्र सञ्चालनमा ल्याउने विषयमा सहमती भएपनि लागु हुन सकेको छैन् ।

कोभिड महामारीको कारण सार्वजनिक यातायात क्षेत्र निकै प्रभावित छ । कतिपय व्यवसायीले ऋणको कारण पुनः सञ्चालन गर्ने अवस्थामा नरहेको पनि बताएका छन् ।

वि.सं.२०७८ असार १४ सोमवार २१:५४ मा प्रकाशित

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...