back
CTIZAN AD

घरभाडामा सहुलियत प्रदान गर्न पोखरा पर्यटन परिषद्को आग्रह

वि.सं.२०७८ असार १४ सोमवार

780 

shares

१४ असार, काठमाडौं । कोभिड १९ का कारण पर्यटन व्यवसाय ठप्प भएपछि व्यवसायीलाई घरभाडा सहुलियत गर्न घरजग्गा धनीलाई पोखरा पर्यटन परिषद्ले आग्रह गरेको छ । परिषद्ले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै बैंकबाट करोडौको ऋण लिएर व्यवसायमा लगानी गरेका व्यवसायीहरु विद्यमान परिस्थितीले व्यवसायबाट पलायन हुने अवस्था सृजना भएको जनाउँदै व्यवसायीलाई पलायन हुनबाट रोक्न घरभाडा सहुलियत गर्न आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘कोभिड १९ को असर पूर्ण रुपमा हटेर पर्यटकीय गतिविधि सूचारु नभएसम्म कम्तीमा ५० प्रतिशत सहुलियत प्रदान गरी व्यवसायीलाई पलायन हुनबाट जोगाउन घरधनीलाई परिषद अपिल गर्दछ ।’

गत वर्ष चैत ११ गतेबाट शुरु गरिएको बन्दाबन्दी सरकारले २०७७ असारबाट केही खुकुलो बनाउँदै लगेपछि छिटफुट रुपमा आन्तरिक पर्यटनका गतिविधि हुन थालेका थिए । पुनः दोस्रो चरणको भेरियन्ट देखिएपछि २०७८ वैशाखको १५ बाट सरकारले निषेधाज्ञा जारी गरेपश्चात पर्यटन क्षेत्र पूर्ण रुपमा ठप्प छ ।

वि.सं.२०७८ असार १४ सोमवार २१:५८ मा प्रकाशित

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...