back
CTIZAN AD

प्रधानन्यायाधीशको प्रश्न : के संसदको सिफारिस बिनै प्रधानमन्त्रीले विघटन गर्न मिल्छ ?

वि.सं.२०७८ असार १५ मंगलवार

789 

shares

असार १५, काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा मंगलबार पनि सुनुवाई जारी छ । आजको सुनुवाईमा सरकारी पक्षका अधिवक्ताहरुले बहस गरिरहेका छन् ।

सुनुवाईका क्रममा संवैधानिक इजलासबाट सरकारी पक्षका अधिवक्ताहरुलाई धेरै प्रश्नहरु सोधिएका छन् । सरकारी पक्षका अधिवक्ताहरुलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रधानमन्त्रीले विश्वासको मत नलिनुको कारण र संसद विघटन गर्दाका प्रक्रियाबारे प्रश्नहरु सोधेका छन् ।

राणाले संविधानको धारा ७६ (७) मा भएको व्यवस्थालाई कुल्चिएको त होइन् भन्दै प्रश्न उठाएका छन् । संवैधानिक इजलासमा नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेले बहस गरिरहँदा प्रधानन्यायाधीश राणाले संसदको सिफारिस बिना विघटन गर्न पाईन्छ र भनि प्रश्न गरे । ‘धारा ७६ (७) को व्यवस्था पनि पढ्नुस्, सो उपधारा अनुसार संसदको सिफारिस नलिई प्रधानमन्त्रीले विघटन गर्न पाउनुहुन्छ ?’, राणाले सोधेका छन् ।

उनले धारा ७६ (७) मा भएको व्यवस्थाअनुसार प्रधानमन्त्री ओली धारा ७६ (५) अनुसार नियुक्ती भएको नदेखिएको पनि बताएका छन् ।

राणाले प्रश्न सोधे लगत्तै न्यायाधीश मीरा खड्काले अदालतमा भएको बहसबारे गरिएको टिप्पणीप्रति प्रश्न उठाएकी थिइन् उनले भनेकी छिन्,‘राष्ट्रपतिले आधार देख्नु भएन र त्यसका आधारमा निर्णय गर्नुभयो भने त्यसको न्यायिक रिभ्यू त त अदालतले गर्ला नि त ?’

जवाफमा पाण्डेयले प्रधानमन्त्री संसदले नभई राष्ट्रपतिले नियुक्ती गर्ने बताएका छन् । संसदमा नियुक्तीको आधार परीक्षण किन गरिएन भन्ने प्रश्नमा उनले दुवै दाबीकर्ताका कागज गलत देखेपछि रिजेक्ट गरिएको जिकिर गरे ।

सम्बन्धित समाचार

संवैधानिक इजालस : सरकारी वकिललाई प्रधानन्यायाधीशको प्रश्न – प्रक्रिया छल्न पाइन्छ ?

वि.सं.२०७८ असार १५ मंगलवार १४:३२ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...