back
CTIZAN AD

बैतडीमा निशेधाज्ञाको अवधि थप पाँचौँपटक

वि.सं.२०७८ असार १५ मंगलवार

525 

shares

१५ असार, बैतडी । भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा पाँचौँपटक निषेधाज्ञा थप गरिएको छ । मङ्गलबार प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेयले यही असार मसान्तसम्म कायम रहने गरी निषेधाज्ञा जारी गरेका हुन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय, कोभिड–१९ को सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ३ ले दिएको अधिकार प्रयोग गरेर असार ३१ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमण दर घटेको भएपनि जोखिम कायमै रहेकाले केही खुकुलो गर्दै असार ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको हो । चौथोपटक थप गरिएको निषेधाज्ञाको समय आज राति १२ बजेपछि सकिंदैछ ।

निषेधाज्ञा खुकुलो भएसँगै बुधबारदेखि जिल्लाभरि सार्वजनिक सवारी तथा निजी भाडाका गाडी स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरी सञ्चालनमा आउने भएका छन् । सार्वजनिक, निजी र भाडाका गाडीमा सिट क्षमताभन्दा आधा यात्रु बोकेर बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने आदेशमा उल्लेख गरिएको छ ।

सबै कार्यालयले सार्वजनिक सेवा नियमितरुपमा प्रवाह गर्नुपर्नेछ भने सार्वजनिक सेवा प्रवाह गर्दा स्थानीय तहको आलोपालो मिलाई तथा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी गर्नुपर्ने आदेशमा उल्लेख गरिएको छ । सबै प्रकारका पसल बिहान ७ देखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछन् । होटेल तथा रेष्टुराँले ‘होम–डेलीभरी’ तथा ‘टेक–वे’ सेवा सञ्चालन गर्न सक्नेछन् ।

यस्तै सबै प्रकारका सभा, सम्मेलन र गोष्ठीमा लगाएको रोक यथावत राखिएको छ भने विवाह ब्रतबन्धजस्ता धार्मिक कार्यमा बढीमा १० जना सहभागी गराएर मात्रै गर्न पाइने प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशमा उल्लेख गरिएको छ । भोज भतेर भने पूर्णरुपमा वन्देज गरिएको छ ।

निषेधाज्ञाको समयमा कसैले कालोबजारी गरेको, कृत्रिम अभाव सिर्जना गरेको, मूल्य बढाएको पाइएमा कानूनअनुसार कारवाही हुने आदेशमा उल्लेख गरिएको छ । यसका साथै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कनसमेत आग्रह गरिएको छ ।

कोरोना भाइरसको दोस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि बैतडीमा पहिलोपटक गत वैशाख २० गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । वैशाख २० देखि शुरु भएको निषेधाज्ञा जेठ २ गतेसम्म, जेठ ३ देखि १७ सम्म र जेठ १८ देखि जेठ ३१ र असार १ गतेदेखि असार १५ गतेसम्म निषेधाज्ञा थपिएको थियो । कोरोनाकै कारण जिल्लामा हालसम्म १८ जनाको मृत्यु भएको छ ।
रासस

वि.सं.२०७८ असार १५ मंगलवार १६:५८ मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...