१५ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका २६३६ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ७,२५९ पिसीआर र ४४८९ ऐन्टिजेन गरी ११,७४८ नमुना परीक्षणमा २६३६ जना संक्रमित थपिएका हुन् ।
आज भक्तपुरमा ५६, ललितपुरमा १०० र काठमाडौंमा ३०२ गरी उपत्यकामा ४५८ जनामा संक्रमण पुष्टि भएको छ । सोमबारको तुलनामा उपत्यकामा संक्रमित हुनेको संख्या केही घटेको छ ।
नेपालमा हालसम्म पिसीआर विधिबाट ६ लाख ३६ हजार ९१६ जना र ऐन्टिजेन विधिबाट ३३ हजार ९४१ गरी कूल ६ लाख ७० हजार ८५७ जना संक्रमित भएका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी ४३४८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ४३४८ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५ लाख ९२ हजार ५३५ पुगेको छ । मन्त्रालयका अनुसार निको हुनेको यो संख्या ९३ प्रतिशत हो । मन्त्रालयका अनुसार अव नेपालमा ७ प्रतिशत मात्र कोरोना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका २० जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ९०७१ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।
मन्त्रालयका अनुसार हाल नेपालमा हाल ३५ हजार ३१० जना संक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ३२ हजार ३४९ र संस्थागत आइसोलेशनमा २९६१ जना रहेका छन् ।
त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ६४९ र भेन्टिलेटरमा १८४ जनाको उपचार भइरहेको छ । सोमबारको तुलनामा मंगलबार भेन्टिलेटर र आइसीयुमा उपचार गराउनेको संख्या केही घटेको छ ।
वि.सं.२०७८ असार १५ मंगलवार १७:०७ मा प्रकाशित






























