
१६ असार, काठमडौँ । वेस्टइ्रंडिज दक्षिण अफ्रिका बिचको तेस्रो टि २० मा साउन अफ्रिकाले रोमाञ्चक जित हासिल गरेको छ । हिजो राति ग्रेनेडामा भएको तेस्रो टि-२० मा दक्षिण अफ्रिकाले वेस्टइंडिज विरुद्ध १ रनले जित हासिल गरेको हो ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाएर १६७ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि क्विटन डि ककले ५१ बलमा ७१ रनको विस्फोटक पारी खेलेका थिए । वेस्टइंडिजका लागि बलिङ्ग तर्फ भने ओबेद म्याकोयले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिएका थिए ।
दक्षिण अफ्रिकाले दिएको १६८ रनको लक्ष्य वेस्टइंडिजले पुरै २० ओभर खेल्दाँ पनि पुरा गर्न सकेन । वेस्टइंडिजको टिमले २० ओभरमा ७ विकेट गुमाएर १६६ रनमात्र बनाउन सक्यो । वेस्टइंडिजका लागि इविन लुइस र निकोल पुरणले सर्वाधिक २७/२७ रन बनाएका थिए भने दक्षिण अफ्रिकाका लागि बलिङ्गमा एनरिच नोत्र्जे र तबरेज शम्सीले सर्वाधिक २/२ विकेट लिएका थिए ।
जितसँगै दक्षिण अफ्किाले ५ खेलको टि २० श्रृखलामा २ १ ले अग्रता लिएको छ ।
वि.सं.२०७८ असार १६ बुधवार १२:१२ मा प्रकाशित