back
CTIZAN AD

रुपा सुनार प्रकरण : मानव अधिकार आयोग पुगेर माफी मागे शिक्षामन्त्रीले

वि.सं.२०७८ असार १६ बुधवार

702 

shares

असार १६, काठमाडौं । प्रहरी कार्यालयमा पुगेर छुवाछुत आरोपितलाई छुटाएका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले माफी मागेका छन् । मंगलबार दिउँसो राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय पुगेर उनले माफी मागेका हुन् ।

उनले आफुँबाट गल्ती भएको स्विकार्दै अबको समय त्यस्तो नगर्ने बाचा आयुक्तहरु समक्ष गरेका थिए ।

छुवाछुत आरोपमा समातिएकी सरस्वती प्रधानलाई छुटाउन मन्त्री श्रेष्ठ ९ असारमा झण्डावाल गाडी लिएर महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए । उनले आफ्नै झण्डावाल गाडीमा हालेर प्रधानलाई बबरमहलस्थित घरसम्म छोडेका थिए ।

सञ्चारकर्मी रुपा सुनारले आफुँलाई दलित भएकै कारण घरमा कोठा नदिएको भन्दै उजुरी गरेपछि प्रधान असार ६ मा पक्राउ परेकी थिइन् । उनी तीन दिनदेखि हिरासतमा थिइन् ।

प्रधानमन्त्रीले सचेत बनाएका थिए

प्रधानलाई छुटाएर आलोचित भएका मन्त्री श्रेष्ठलाई सोमबारको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी ओलीले सचेत बनाएका थिए । उनले ‘तपाईँले ठीक गर्नुभएन’ भन्दै श्रेष्ठलाई सचेत बनाएका थिए ।

प्रधानमन्त्रीले सच्चिने गरि काम गर्न निर्देशन दिएलगत्तै उनी आयोग पुगेर माफी मागेका हुन् ।

वि.सं.२०७८ असार १६ बुधवार १२:१५ मा प्रकाशित

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...