back

‘अवैध’ भनिएको एमालेको आयोजक कमिटीबाट बादल समूहका ४ सहित ८ नेता स्थायी समितिमा

वि.सं.२०७८ असार १६ बुधवार

381 

shares
GLOBAL IME AD
NTC AD

असार १६, काठमाडौं । सर्वोच्च अदालतले अवैद्य भनेको नेकपा (एमाले)को दशौं महाधिवेशन आयोजक कमिटी औपचारिक रुपमा भंग भएको छ । बुधबार बालुवाटारमा बसेको अन्तिम बैठकसँगै आयोजक कमिटी केन्द्रीय कमिटीमा रुपान्तरण भएको हो ।

एमालेका प्रवक्ता प्रदिप ज्ञवालीका अनुसार अब एमालेका सबै कामकारबाही केन्द्रीय कमिटीको मातहतबाट हुनेछ । उनका अनुसार तत्कालिन नेकपा गठनका समयमा केन्द्रीय कमिटीमा रहेका सदस्यहरु नै एमालेको केन्द्रीय कमिटीमा रहनेछन् ।

‘अदालतको फैसला, पार्टी एकताका लागि पार्टी अध्यक्षले गरेको आव्हानअनुसार दशौं महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गराउने गरि निर्णय गरेका छौं, तत्कालिन नेकपा एकता गर्दाका केन्द्रीय कमिटीका सदस्य नै एमालेको केन्द्रीय कमिटीमा रहने छन्’, बैठक पछि एमाले प्रवक्ता प्रदिप ज्ञवालीले भनेका छन् ।

बादल समूहसहितका ८ नेता स्थायी समितिमा

बुधबार बसेको महाधिवेशन आयोजक कमिटीले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित उनी नेतृत्वको समूहका ४ नेतालाई स्थायी समितिमा मनोनित गर्ने पनि निर्णय गरेको छ । प्रवक्ता ज्ञवालीले बताएअनुसार आयोजक कमिटीले भंग हुनुपूर्व एमाले तर्फबाट ४ र बादल समूहका ४ नेतालाई स्थायी समितिमा मनोनित गरेका हो ।

ज्ञवालीले बताएअनुसार एमाले तर्फबाट रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तसहित र बादल नेतृत्वको समूहबाट बादलसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापालाई स्थायी समितिमा मनोनित गरिएको छ ।

वि.सं.२०७८ असार १६ बुधवार १४:५३ मा प्रकाशित

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

काठमाडौँ । लगानी र प्रतिफल सुनिश्चित भएमा भारतीय व्यापारिक घरानाले...

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

काठमाडौँ । महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक ९१...

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका...

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

काभ्रेपलाञ्चोक । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक...

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरूबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरूबीच भेटवार्ता

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव र नेपालका लागि जापानका राजदूत...

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लुम्बिनी । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुनै...