back
CTIZAN AD

‘अवैध’ भनिएको एमालेको आयोजक कमिटीबाट बादल समूहका ४ सहित ८ नेता स्थायी समितिमा

वि.सं.२०७८ असार १६ बुधवार

690 

shares

असार १६, काठमाडौं । सर्वोच्च अदालतले अवैद्य भनेको नेकपा (एमाले)को दशौं महाधिवेशन आयोजक कमिटी औपचारिक रुपमा भंग भएको छ । बुधबार बालुवाटारमा बसेको अन्तिम बैठकसँगै आयोजक कमिटी केन्द्रीय कमिटीमा रुपान्तरण भएको हो ।

एमालेका प्रवक्ता प्रदिप ज्ञवालीका अनुसार अब एमालेका सबै कामकारबाही केन्द्रीय कमिटीको मातहतबाट हुनेछ । उनका अनुसार तत्कालिन नेकपा गठनका समयमा केन्द्रीय कमिटीमा रहेका सदस्यहरु नै एमालेको केन्द्रीय कमिटीमा रहनेछन् ।

‘अदालतको फैसला, पार्टी एकताका लागि पार्टी अध्यक्षले गरेको आव्हानअनुसार दशौं महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गराउने गरि निर्णय गरेका छौं, तत्कालिन नेकपा एकता गर्दाका केन्द्रीय कमिटीका सदस्य नै एमालेको केन्द्रीय कमिटीमा रहने छन्’, बैठक पछि एमाले प्रवक्ता प्रदिप ज्ञवालीले भनेका छन् ।

बादल समूहसहितका ८ नेता स्थायी समितिमा

बुधबार बसेको महाधिवेशन आयोजक कमिटीले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित उनी नेतृत्वको समूहका ४ नेतालाई स्थायी समितिमा मनोनित गर्ने पनि निर्णय गरेको छ । प्रवक्ता ज्ञवालीले बताएअनुसार आयोजक कमिटीले भंग हुनुपूर्व एमाले तर्फबाट ४ र बादल समूहका ४ नेतालाई स्थायी समितिमा मनोनित गरेका हो ।

ज्ञवालीले बताएअनुसार एमाले तर्फबाट रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तसहित र बादल नेतृत्वको समूहबाट बादलसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापालाई स्थायी समितिमा मनोनित गरिएको छ ।

वि.सं.२०७८ असार १६ बुधवार १४:५३ मा प्रकाशित

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...