back
CTIZAN AD

चितवनमा असार २४ गतेसम्मका लागि निशेधाज्ञा थप गरियो

वि.सं.२०७८ असार १६ बुधवार

834 

shares

सरिता थापा १६ असार, चितवन । कोभिडको बढ्दो जोखिमलाई मध्यनजर गर्दै चितवनमा असार २४ गतेसम्म निशेधाज्ञा गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सार्वजनिक सवारी साधनलाई क्रमश सहज बनाउँदै लैजान बढीमा दुई जनासम्म यात्रु राख्ने गरी जोर विजोर प्रणालीमा तीन पाङ्ग्रे अटो र टयाक्सी सञ्चालन गर्न पाइने जनाएको छ ।

अटोको लागि पूर्वनिर्धारित रुटमा मात्र सञ्चालन गर्नुपर्ने छ । यो निर्णय बिहीबार राति १२ बजेदेखि लागू हुँदै छ ।

त्यस्तै खद्यान्न,दूध, तरकारी ,फलफूल माछा मासु अण्डा दाना खाना पकाउने ग्यास निर्माण सामाग्री समबन्धी पसल,दैनिक बिहान ६ बजे देखी १० सम्म मात्र र दूध डेरीको हकमा बेलुकी ५ बजे देखि साँझ ७ बजे सम्म संचालन गर्न पाइनेछ ।

त्यसैगरि इलेक्ट्रिकल इलेक्ट्रोनिक भाडा पसल कपडा फेन्सी पसल कस्मेटिक तथा गिफ्ट सुन चादी पूजा फर्निचर तथा फर्निसिङ्ग अटोमोबाईल मोटर पार्टस जुत्ता चप्पल टेलरिङ्ग प्रेस तथा फोटो कपि सातामा आईतवार मंगल बार र बिहीवार दिउसो १२ बजे देखि साझ ७ बजे सम्म संचालन गर्न पाईने देखि बजेसम्मका लागि निशेद्याज्ञा जारी गरेको छ । रातको समयमा बजार, यातायात, हिँडडुलमा समेत पूर्णरुपले बन्देज लगाउने निर्णय गरेको छ ।

त्यस्तै भिडभाडलाई कम गर्नका लागि जतिसुकै समयमा हुने नाँचगान, भेला, गोष्ठी, सेमिनार, कार्यक्रमलाई पूर्णरुपले रोक लगाउने, मठमन्दिरमा हुने दैनिक नृत्यकर्म बाहेक अन्य सबै खाले पूजापाठलाई बन्द गर्ने निर्णय गरेको छ ।

बजारलाई व्यवस्थित गर्न अनिवार्यरुपमा स्वास्थ्य सामग्री प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, माइकिङलगायतका कार्यहरु गर्ने, खाद्यान्न,तरकारी ,फलफूल माछा मासु अण्डा दाना खाना पकाउने ग्यास निर्माण सामाग्री समबन्धी पसल,दैनिक बिहान ६ बजे देखी १० सम्म मात्र संचालन गर्न पाईने छ भने दूध डेरीको हकमा बेलुकी ५ बजे देखि साँझ ७ बजे सम्म खुला रहनेछन् ।

वि.सं.२०७८ असार १६ बुधवार १७:४९ मा प्रकाशित

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...