back
CTIZAN AD

संवैधानिक आयोगको पदाधिकारीको नियुक्तिविरूद्ध सर्वाेच्चमा पूरक रिट निवेदन दर्ता

वि.सं.२०७८ असार १६ बुधवार

978 

shares

१६ असार, काठमाडौँ । सरकारले विभिन्न संवैधानिक आयोगहरूमा गरेको २० पदाधिकारी नियुक्तिविरूद्ध सर्वोच्च अदालतमा पूरक रिट निवेदन दर्ता भएको छ ।

गत असार १० गते २० जनालाई विभिन्न आयोगहरुको अध्यक्ष, आयुक्त एवं सदस्यहरुमा गरिएको नियुक्ति प्रथम दृष्टि मैं गैरसंवैधानिक, बदनियत एवं कपटपूर्ण रहेकोले बदर गरि पाउ भनि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पेस गरेको पूरक रिट निवेदन दर्ता भएको हो ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र विभिन्न संवेधानिक आयोगहरूमा संवैधानिक परिषद्ले गरेको सिफारिसविरूद्धका मुद्दा विचाराधीन रहेको अवस्था नियुक्ति गरिएको भन्दै रिटको अंतिम टुंगो नलागेसम्म निजहरुलाई आयोगहरुको सदस्य तथा पदाधिकारीको हैसियतले कुनै कार्य नगराउनु भनि अन्तरिम आदेश समेतको माँग गरिएको छ । धारा २९२ को संसदीय सुनवाईको बाध्यात्मक संबैधानिक बन्दोबस्तलाई छलेर गरिएको नियुक्ति स्वत:बदरभागी हुने रिट निवेदनमा उल्लेख छ ।

सहरजिस्ट्रार एवं मुद्दा तथा रिट महाशाखा प्रमुख बाबुराम दाहालले वरिष्ठ अधिवक्ता त्रिपाठीले पेस गरेको रिट निवेदन बुधबार दर्ता भएको जानकारी दिए ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरूद्ध रिट दर्ता भएपनि सुनुवाइ नभएको, र त्यसपछि संवैधानिक परिषद्ले उक्त अध्यादेशको व्यवस्था बमोजिम गरिएको सिफारिसविरूद्ध पनि रिट लिएकोमा विचाराधीन रहेको अवस्थामा नियुक्ति गरिएको भन्दै त्यसको खारेजीको माग गरेर पूरक रिट निवेदन दायर गरेको वरिष्ठ अधिवक्ता त्रिपाठीले बताए ।

अहिलेको पूरक रिटलाई अध्यादेशविरूद्ध र संवैधानिक परिषद्को सिफारिसविरूद्धको मूल रिट निवेदनसँग राखेर सुनुवाइका लागि पेसीमा चढाइने बताइएको छ ।

राष्ट्रपतिले असार १० गते विभिन्न संवैधानिक आयोगहरूमा २० पदाधिकारी नियुक्त गरेकी थिइन् । संविधानले संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति पहिला संसदीय सुनुवाइ हुनुपर्ने व्यवस्था छ । तर प्रतिनिधिसभा विघटन गरिएकाले संसदीय सुनुवाइ हुन सकेको थिएन । संवैधानिक परिषद्को बैठकले गरेको सिफारिस संविधानको व्यवस्था प्रतिकूल भन्दै दायर गरिएको रिट निवेदनमा सर्वोच्चले सुनुवाइ गरेको छैन ।

वि.सं.२०७८ असार १६ बुधवार २०:१३ मा प्रकाशित

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...