back

संवैधानिक आयोगको पदाधिकारीको नियुक्तिविरूद्ध सर्वाेच्चमा पूरक रिट निवेदन दर्ता

वि.सं.२०७८ असार १६ बुधवार

486 

shares
GLOBAL IME AD
NTC AD

१६ असार, काठमाडौँ । सरकारले विभिन्न संवैधानिक आयोगहरूमा गरेको २० पदाधिकारी नियुक्तिविरूद्ध सर्वोच्च अदालतमा पूरक रिट निवेदन दर्ता भएको छ ।

गत असार १० गते २० जनालाई विभिन्न आयोगहरुको अध्यक्ष, आयुक्त एवं सदस्यहरुमा गरिएको नियुक्ति प्रथम दृष्टि मैं गैरसंवैधानिक, बदनियत एवं कपटपूर्ण रहेकोले बदर गरि पाउ भनि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पेस गरेको पूरक रिट निवेदन दर्ता भएको हो ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र विभिन्न संवेधानिक आयोगहरूमा संवैधानिक परिषद्ले गरेको सिफारिसविरूद्धका मुद्दा विचाराधीन रहेको अवस्था नियुक्ति गरिएको भन्दै रिटको अंतिम टुंगो नलागेसम्म निजहरुलाई आयोगहरुको सदस्य तथा पदाधिकारीको हैसियतले कुनै कार्य नगराउनु भनि अन्तरिम आदेश समेतको माँग गरिएको छ । धारा २९२ को संसदीय सुनवाईको बाध्यात्मक संबैधानिक बन्दोबस्तलाई छलेर गरिएको नियुक्ति स्वत:बदरभागी हुने रिट निवेदनमा उल्लेख छ ।

सहरजिस्ट्रार एवं मुद्दा तथा रिट महाशाखा प्रमुख बाबुराम दाहालले वरिष्ठ अधिवक्ता त्रिपाठीले पेस गरेको रिट निवेदन बुधबार दर्ता भएको जानकारी दिए ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरूद्ध रिट दर्ता भएपनि सुनुवाइ नभएको, र त्यसपछि संवैधानिक परिषद्ले उक्त अध्यादेशको व्यवस्था बमोजिम गरिएको सिफारिसविरूद्ध पनि रिट लिएकोमा विचाराधीन रहेको अवस्थामा नियुक्ति गरिएको भन्दै त्यसको खारेजीको माग गरेर पूरक रिट निवेदन दायर गरेको वरिष्ठ अधिवक्ता त्रिपाठीले बताए ।

अहिलेको पूरक रिटलाई अध्यादेशविरूद्ध र संवैधानिक परिषद्को सिफारिसविरूद्धको मूल रिट निवेदनसँग राखेर सुनुवाइका लागि पेसीमा चढाइने बताइएको छ ।

राष्ट्रपतिले असार १० गते विभिन्न संवैधानिक आयोगहरूमा २० पदाधिकारी नियुक्त गरेकी थिइन् । संविधानले संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति पहिला संसदीय सुनुवाइ हुनुपर्ने व्यवस्था छ । तर प्रतिनिधिसभा विघटन गरिएकाले संसदीय सुनुवाइ हुन सकेको थिएन । संवैधानिक परिषद्को बैठकले गरेको सिफारिस संविधानको व्यवस्था प्रतिकूल भन्दै दायर गरिएको रिट निवेदनमा सर्वोच्चले सुनुवाइ गरेको छैन ।

वि.सं.२०७८ असार १६ बुधवार २०:१३ मा प्रकाशित

अब चाँडै नै व्हाट्सएपमा एन्ड्रोइड प्रयोगकताले ‘मोशन फोटो’ शेयर गर्न पाउने

अब चाँडै नै व्हाट्सएपमा एन्ड्रोइड प्रयोगकताले ‘मोशन फोटो’ शेयर गर्न पाउने

वाशिङ्गटन । इन्स्ट्यान्ट मेसेजिङ एप ‘व्हाट्सएप’ले चाँडै नै एन्ड्रोइड प्रयोगकर्तालाई...

बिमा संस्थाको आन्तरिक नियमन र सुशासन बलियो बनाउन आवश्यक छ : अध्यक्ष ओझा

बिमा संस्थाको आन्तरिक नियमन र सुशासन बलियो बनाउन आवश्यक छ : अध्यक्ष ओझा

काठमाडौँ । नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बिमा क्षेत्रमा...

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट...

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । गत शुक्रबारको तुलनामा सुनचाँदीको मूल्यमा आज सामान्य थपघट...

अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती

अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती

फिक्कल (इलाम) । अन्न उब्जनी नहुने माङसेबुङ गाउँपालिका–६ स्थित हात्तीढुङ्गेको...

यी कम्पनीको लिलामी शेयर भर्ने आज अन्तिम दिन

यी कम्पनीको लिलामी शेयर भर्ने आज अन्तिम दिन

काठमाडौं । एनआइसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको यी पाँच...