१७ असार, काठमाडौँ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सगरमाथा इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले इन्स्योरेन्सको ११ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य १४०० रुपैयाँ कायम भएको छ । नेप्सेले अघिल्लो दिनको अन्तिम मूल्यको आधारमा समायोजन गरेको हो । बुधबार इन्स्योरेन्सको शेयर प्रतिकित्ता १५५४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
वि.सं.२०७८ असार १७ बिहीवार ११:०६ मा प्रकाशित