back

सबै गन्तव्यमा नियमित आन्तरिक उडान हुने

वि.सं.२०७८ असार १७ बिहीवार

519 

shares
GLOBAL IME AD
NTC AD

१७ असार, काठमाडौँ । कोभिड–१९ महामारीको जोखिमलाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर मुलुकका सबैजसो गन्तव्यमा आन्तरिक नियमित उडान सञ्चालन भइरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि शुरु भएको नियमित आन्तरिक उडानलाई सङ्क्रमणरहित बनाउन विमानस्थल तथा एयरलाइन्सले विशेष स्वास्थ्य सावधानी अपनाएर सेवा सञ्चालन गरेका हुन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले आजदेखि सबै गन्तव्यमा नियमित आन्तरिक उडान सञ्चालन भइरहेको जानकारी दिए । उनका अनुसार आजका लागि ५९ उडान निर्धारण गरिएको छ ।

काठमाडौँ उपत्यकामा बिहानैदेखि निरन्तर वर्षा र बदली कायमै रहे पनि निर्वाधरूपमा उडान भइरहेको विमानस्थलले जनाएको छ । आज साना ट्वीनअटर जहाजबाहेक अरु जहाजको सम्पूर्ण गन्तव्यको उडान भइरहेको महाप्रबन्धक तिवारीले बताए। कूल उडान सङ्ख्याको ५० प्रतिशत नबढ्ने गरी दैनिक ६४ उडान तालिका बनाइएको छ । हरेक १० मिनेटको अन्तरालमा उडान गरिनेछ ।

विमानस्थलले आन्तरिक उडानमा यात्रुको भीडभाड कम गर्न तथा वर्षात्को समयलाई समेत ध्यानमा राखी आन्तरिक टर्मिनल भवनको आगमन क्षेत्रमा थप ‘अस्थायी ब्यागेज क्लेम एरिया’ व्यवस्था मिलाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि आजदेखि कूल उडान सङ्ख्याको ५० प्रतिशत नबढ्ने गरी आन्तरिक उडान सञ्चालन गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई निर्देशन दिएको छ ।

कोभिड महामारी नियन्त्रण गर्न सरकारले गत वैशाख २० गतेदेखि आन्तरिक तथा वैशाख २३ देखि अन्तर्राष्ट्रिय उडान स्थगन गरेको थियो । कोभिडका सङ्क्रमित बढेसँगै सरकारले गत वैशाख १६ देखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको थियो ।
रासस

वि.सं.२०७८ असार १७ बिहीवार १२:५८ मा प्रकाशित

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

काठमाडौँ । लगानी र प्रतिफल सुनिश्चित भएमा भारतीय व्यापारिक घरानाले...

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

काठमाडौँ । महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक ९१...

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका...

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

काभ्रेपलाञ्चोक । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक...

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरूबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरूबीच भेटवार्ता

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव र नेपालका लागि जापानका राजदूत...

प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने

प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी...