back
CTIZAN AD

निर्लज्ज एनआरएनहरु र आसन्न ओशाका महाधिवेशन

वि.सं.२०७८ असार १७ बिहीवार

681 

shares

म पदको लागि मरिहत्ते गर्ने मानिस हैन भनि सबैले भन्छन् तर पद प्राप्ति नहुने छटपटीले अन्त्यमा जस्तोसुकै भएपनि पद प्राप्तिमा सम्झौता गर्छन् ।

आर्थिक घोटाला भएको छ सबैले भन्छन तर कसले गरेको भनेर भन्ने हिम्मत कसैले गर्दैनन् । गलत भएको छ तर सबै निर्लज्ज छन् सत्य तथ्य बोल्ने हिम्मत कसैसँग छैन् ।

एनआरएनएलाइ यतिखेर उसको संजाल भएको हरेक देशमा कोरोना महामारीको बिचमा नेपालीहरुलाई सकेको सहयोग गर्ने र मातृभूमिमा सक्दो सहयोग गर्ने चटारोसंगै प्रत्येक देशको राष्ट्रिय अधिबेशन सकेर आगामी २०२१ को अक्टोबरमा नेपालमा २०२१-२०२३ को अधिबेशन कसरि सक्ने भन्ने मुलभूत चटारो छ । यसै चटारोको बिचमा गैरआवासीय नेपाली संघ जापानमा एकातिर बर्तमान अध्यक्षको मानिसको मृत्यु प्रकरणसँग जोडिएर आर्थिक लेनदेन भएको कुरा र अर्कोतिर संस्थामा लामो समयदेखि आर्थिक घोटाला भयो भनि कुरा उठेपछि बनेको छानबिन समितिले ल्याएको प्रतिबेदनले नेपाल फेस्टिवल, तिज फेस्टिवल, स्मारिका प्रकाशन, अध्यात्मिक कार्यक्रम जस्ता संबेदनशील कुराहरुमा घोटाला भएको भनि देखाएको छ । यस्तो रिपोर्टले एकातिर संस्थालाई बदनामीको केन्द्रमा पारिरहेको छ भने अर्कोतिर जुलाई २५ लाइ ओसाकामा गर्ने भनि तोकिएको महाधिबेशन हुने हो कि नहुने हो भन्ने अन्योलता समेत सिर्जना गरेको छ ।

भनिन्छ नि ‘धान रोपे धान फल्छ, कोदो रोपे कोदो ।’ आर्थिक घोटाला र दुर्घन्दले परकाष्ठा नाघेको परिप्रेक्षमा हामिले कोदो रोपेर धान फलाउन खोज्दा परिणाम ढुसि परेको मकैको घुन निस्केको छ । एनआरएनए जापानमा बिगतदेखि बर्तमानसम्म विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेकाहरु हेर्ने एक÷दुई बाहेक अधिकांश आलोचनाका पात्र बनिरहेका छन् भन्ने अहिलेको घटनाक्रमले प्रष्टयाउदै गएको छ । फेसबुकमा सबैले आफुले आफैलाई भयङ्कर आदर्श र इमान्दार देखाउछन तर यथार्थ के हो भनेर सबै उदांगिदै गएको पाइन्छ ।
संस्थामा यो कार्यकाल भन्दा अगाडि पनि अपचलनका कुरा नउठेका हैनन । यहाँ आर्थिक मात्र नभएर संस्थागत भ्रष्टाचारले जरो गाडे पनि सबै भित्र भित्रै दवाए राखे । तर यो पटक भने संस्थाकै जिम्मेवार पदाधिकारीले अनियमितताको कुरा उठाएपछि एनआरएनए आईसिसिको निर्देशनमा उच्चस्तरीय छानबिन समिति बन्यो र समितिले ६ महिना लामो समय लगाएर छानबीन गरि करोडौ प्रष्ट अनियमितता भएको छ भनेर ९१ पेज प्रतिवेदन पढेर सार्वजनिक गर्यो ।

एनआरएनएले नै आधिकारिक रूपमा गठन गरेको उच्चस्तरीय छानबिन समितिले अनमियमितता पुष्टि गरि सकेको छ । अब फेरि अर्को अनुसन्धान समिति गठन गर्ने गाइगुइ छ यसको पिछाडिको राजनीति के हो बुझ्न भने सकिएको छैन ।

छानबिन समितिको निर्णयले दर्शाएको कुरा हेर्दा यो सामुहिक रुपमा भएको देखिएकोले एक व्यक्ति तोक्न नसकेको होकि जस्तो देखिन्छ । यो परिवेशमा धेरै अगाडिदेखि जुलाइ २५ लाइ ओशाकामा गर्ने गरि तोकिएको महाधिवेशन तयारी तिव्र गतिमा छ भने जुलाइ २७ लाइ अनलाइन भोटिङको मिति तोकिएको छ ।

एकातिर नागोयामा दुईवटा क्षेत्रिय समिति भएको सञ्जालमा छरपष्ट छ । जसलाइ मिलाउने विषयमा कहि कतै पहल नभएको देख्दा जिम्मेवार पदमा भएकाहरुको निरिहपनाले अभियानमा प्रेरित हुन खोजेका नयाँ व्यक्तिहरूलाइ निरुत्साहीत गरेको प्रष्ट छ भने यति सामान्य कुराको समाधान नगरि नेपालको दुर्गन्धित राजनीति भन्दा तल्लोस्तरमा झरेर अनुगमन समितिको नाममा राजनीतिक, आफन्ती भागवण्डा गरि जवरजस्ती जम्बो टोली त्यो पनि कतिपय सम्बन्धित व्यक्तिको इच्छा विपरित र सम्वन्धित बिषयको ज्ञान नभएकाहरुको झुण्ड खडा गरि अनुगमन शब्दको चरम उपहास गरेको पाइएको छ ।

वर्तमान कार्यसमितिमा भएका केहि नयाँ भए पनि अधिकांश निरन्तर कुनै न कुनै पदमा हुनुहुन्छ यसको अर्थ वहाहरुमाथि आशंका गरेको हैन तर अब यो अपचलनलाइ टुङ्गो लगाउन तपाइहरुले निरन्तर आफुहरु कार्यकालमा भएका कार्यहरु शब्दमा हैन ब्यवहारमा निस्वार्थ र निडर भएर अगाडि राख्नुस् र यो दुर्गन्धलाइ सफा गर्ने अठोट लिएर अगाडि बढनुस् । यदि तपाइहरु साच्चिकै अन्तरमन देखि नै निस्वार्थ यो अभियान बुझेर समाजको लागि लाग्नु भएको हो भने यो तपाइहरुको लागि चुनौति सँगै अवसर पनि हो ।

यहाँ मरेका लासमाथि गिद्दे नजर लगाउनेहरू, धर्मको नाममा भ्रष्टाचार गर्नेहरू, बिभिन्न बाहनामा घोटला गरेको भनिएकाहरु कसैले छुट पाउनु हुदैन भन्ने धेरैको आवाज उठेको छ भने सिङ्गो बहुमतको कार्यसमितिका कतिपय भने संस्थाको आधिकारिक पत्रको आशय नै प्रष्टसँग नवुझि सञ्जालमा आएको समाचारको भरमा आफ्नो जिम्मेवारीको अधिवेशन र निर्वाचन घोटाला गर्ने व्यक्ति प्रष्ट नभएसम्म अधिवेशन हुन नदिने भनेर अन्योल र भ्रम सृजना गरिरहेका छन् । सामुहिक रुपमा भएको आर्थिक अपचलन यो परिस्थितिमा ऐलेको बहुमतको कार्यसमिति या सबै मिलेर किनारा लगाउनु बाहेक अन्य जुनसुकै समिति बनाएपनि उपाय छैन जस्तो लाग्छ । यहाँभित्र/भित्र लहरो तान्दा पहरो झर्छ भनेजस्तै धेरै नाङ्गै हुने भएकोले अनियमितताको कुरा झिसमिस पार्न खोजिदैछ भन्ने चर्चा पनि भइरहेको छ ।

कतिपय कार्यसमितिले पनि कस्ले खाएको हो त्यो ब्यक्ति तोकिएन भनेका छन् तर आर्थिक कारोवार चुस्त, दुरूस्त पारदर्शिता राख्ने जिम्मेवारी लिएको व्यक्तिले त्यो काम न्यायोचित तवरले गर्न सक्यो कि सकेन ! कि त्यो व्यक्ति कसैको प्रभावमा, डर त्रास या प्रलोभनमा पर्यो यो विषयमा कोहि पनि गम्भिर भएको पाइएन । आफ्नो समय र पैसा खर्चिएर लाग्ने यो अभियानमा के साच्चिकै सबैले पदीय मर्यादाको सम्मान गरेर काम गरेका छन त भन्ने गम्भिर प्रश्न खडा भएको छ ।

यसरी गर्न सकिन्छ समाधान
छानबिन समितिले ल्याएको प्रतिबेदनले नेपाल फेस्टिवल, तिज फेस्टिवल, स्मारिका प्रकाशन, अध्यात्मिक कार्यक्रम जस्ता संबेदनशिल बिषयमा घोटाला भएको भनि प्रष्ट गरेपछि, ऐेलेको कार्यसमितिले दोष देखिएको कार्यक्रमहरुको संयोजक आयोजक समिति सवैलाई बोलाएर आवश्यक परे छानविन समितिको सहयोग लिदै सम्पूर्णलाइ आफुहरु जिम्मेवार भएको कार्यक्रमको आयोजना गर्ने क्रममा भएका कमि कमजोरिहरुको एकपटक आत्मालोचना गरि समाधान निकाल्ने प्रयास गरेमा मात्र यो अपचलनको कुरा निचोडमा आउन सक्छ ।

वर्तमान कार्यसमितिमा भएका केहि नयाँ भए पनि अधिकांश निरन्तर कुनै न कुनै पदमा हुनुहुन्छ यसको अर्थ वहाहरुमाथि आशंका गरेको हैन तर अब यो अपचलनलाइ टुङ्गो लगाउन तपाइहरुले निरन्तर आफुहरु कार्यकालमा भएका कार्यहरु शब्दमा हैन ब्यवहारमा निस्वार्थ र निडर भएर अगाडि राख्नुस् र यो दुर्गन्धलाइ सफा गर्ने अठोट लिएर अगाडि बढनुस् । यदि तपाइहरु साच्चिकै अन्तरमन देखि नै निस्वार्थ यो अभियान बुझेर समाजको लागि लाग्नु भएको हो भने यो तपाइहरुको लागि चुनौति सँगै अवसर पनि हो ।

वि.सं.२०७८ असार १७ बिहीवार १२:४८ मा प्रकाशित