back
CTIZAN AD

माधव पक्षको बैठकमा को–को छन् सहभागी ?

वि.सं.२०७८ असार १७ बिहीवार

651 

shares

असार १७, काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी समिति बैठक बानेश्वरस्थित एक ब्याङ्क्वेटमा जारी छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेपछि बोलाएको बैठकमा सहभागी हुने वा नहुने भन्नेबारे निर्णय गर्न बैठक बसेको हो । ओलीले माधव पक्षका सबैलाई बैठकमा बोलाउने तयारी गरेका छन् ।

माधव पक्षको बैठकमा को–को छन् सहभागी ?

ओलीले बोलाएको केन्द्रीय समिति बैठकमा सहभागी हुने वा नहुने भन्नेमा माधव समूहभित्र दुई खाले धारणा छन् । ओलीले बोलाएको बैठकमा धेरै नेताहरु सहभागी हुनुपर्ने लाईनमा देखिएका छन् । तथापी समूहगत निर्णय भने गर्न बाँकी नै छ ।

बानेश्वरस्थित ब्याङ्क्वेटमा जारी बैठकमा माधव नेपालसहित उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु गोकर्ण बिष्ट र योगेश भट्टराई, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायत सहभागी छन् ।

बताइएअनुसार बैठकमा दिल्लीमा उपचाररत नेता झलनाथ खनाल पनि भर्चुअल माध्यमबाट उपस्थित छन् ।

वि.सं.२०७८ असार १७ बिहीवार १४:३२ मा प्रकाशित

पाहुनालाई कोसेली कोदोको बिस्कुट

पाहुनालाई कोसेली कोदोको बिस्कुट

मङ्गलबारे । इलामको माईजोगमाई गाउँपालिकाले रैथाने बाली संरक्षण गर्न कोदोको...

म्याग्दीको वाखेतमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

म्याग्दीको वाखेतमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतको वाखेतमा पक्की सडक निर्माण...

श्रम गर्नेलाई स्वदेशमा छैन उचित मूल्य र सम्मानः लाखौँ नेपाली विदेशिन बाध्य

श्रम गर्नेलाई स्वदेशमा छैन उचित मूल्य र सम्मानः लाखौँ नेपाली विदेशिन बाध्य

काठमाडौँ । दुबई प्रस्थान गर्न लाग्नुभएका ध्रुव विशाललाई स्वदेशमै श्रम गर्ने...

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

गण्डकी । प्रसिद्ध भ्रमण गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत साउनदेखि...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...

विदेश पठाउने नाममा लाखौँ ठगी गर्ने तीन जना पक्राउ

विदेश पठाउने नाममा लाखौँ ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ...