१७ असार, काठमाडौं । वर्किङ भिसामा इटाली पठाइदिन्छु भनेर ३१ लाख बढी रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका ७ घर भई बुढानिलकण्ठ बस्ने ३६ वर्षीय उमेश रेग्मी पक्राउ परेका हुन् ।
रेग्मीले रामेछाप उमाकुण्ड गाउँपालिका ३ का २३ वर्षीय सौगात सुनुवार लगायत तीन जनलाई कामदार भिसामा इटाली पठाइदिने भन्दै जनही १० लाख ५० हजार रुपैंयाँका दरले ३१ लाख ५० हजार रुपैयाँ उठाएको फरार भएका रेग्मी ललितपुरबाट पक्राउ परेका हुन् ।
रेग्मीले वर्किङ भिषामा युरोपका बिभिन्न देशमा पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट झण्डै १ करोड रकम ठगी गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७८ असार १७ बिहीवार १४:२८ मा प्रकाशित






























