back
CTIZAN AD

माङ्लेबुङमा ट्र्याक्टर दुर्घटना, एकको मृत्यु तीन घाइते

वि.सं.२०७८ असार १७ बिहीवार

735 

shares

१७ असार, पाँचथर । यहाँ ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीन व्यक्ति घाइते भएका छन् ।

सदरमुकाम फिदिमबाट खाद्यान्न लिई फालेलुङ गाउँपालिका–३ मेमेङ जाँदै गरेको ट्र्याक्टर फालेलुङ–३ माङ्लेबुङमा बुधबार साँझ ७ः०० बजे दुर्घटना हुँदा ट्र्याक्टरमा सवार सोही वडाका ५४ वर्षीय लक्ष्मी विष्टको मृत्यु भएको हो । मे१त ६५७७ नंको ट्र्याक्टर सडकबाट करिब ३० मिटर तल झरेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा फालेलुङ–३ घर भएका ट्र्याक्टर चालक ४० वर्षीय अकलबहादुर लिम्बू, ४६ वर्षीय कर्ण राई र ३० वर्षीय मनकुमार राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए । शरीरका विभिन्न भागमा चोट लागेका घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ । दुर्घटना सदरमुकाम फिदिमबाट ६८ किलोमिटर पूर्वमा भएको हो ।
रासस

वि.सं.२०७८ असार १७ बिहीवार १३:५१ मा प्रकाशित

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका...

मनै लोभ्याउने ‘माइपोखरी’

मनै लोभ्याउने ‘माइपोखरी’

फिक्कल (इलाम) । चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा...