back

माङ्लेबुङमा ट्र्याक्टर दुर्घटना, एकको मृत्यु तीन घाइते

वि.सं.२०७८ असार १७ बिहीवार

381 

shares
GLOBAL IME AD
NTC AD

१७ असार, पाँचथर । यहाँ ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीन व्यक्ति घाइते भएका छन् ।

सदरमुकाम फिदिमबाट खाद्यान्न लिई फालेलुङ गाउँपालिका–३ मेमेङ जाँदै गरेको ट्र्याक्टर फालेलुङ–३ माङ्लेबुङमा बुधबार साँझ ७ः०० बजे दुर्घटना हुँदा ट्र्याक्टरमा सवार सोही वडाका ५४ वर्षीय लक्ष्मी विष्टको मृत्यु भएको हो । मे१त ६५७७ नंको ट्र्याक्टर सडकबाट करिब ३० मिटर तल झरेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा फालेलुङ–३ घर भएका ट्र्याक्टर चालक ४० वर्षीय अकलबहादुर लिम्बू, ४६ वर्षीय कर्ण राई र ३० वर्षीय मनकुमार राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए । शरीरका विभिन्न भागमा चोट लागेका घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ । दुर्घटना सदरमुकाम फिदिमबाट ६८ किलोमिटर पूर्वमा भएको हो ।
रासस

वि.सं.२०७८ असार १७ बिहीवार १३:५१ मा प्रकाशित

बजार अनुगमनः म्याद गुज्रेका सामग्री नष्ट

बजार अनुगमनः म्याद गुज्रेका सामग्री नष्ट

किमाथाङ्का (सङ्खुवासभा) । धनकुटास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन...

नेपाल-बङ्गलादेश व्यापारः आयात तीन अर्ब, निर्यात २७ करोड

नेपाल-बङ्गलादेश व्यापारः आयात तीन अर्ब, निर्यात २७ करोड

भद्रपुर (झापा) । चालु आर्थिक वर्षको आठ महिनामा बङ्गलादेशबाट रु...

सेन्टर प्लाजा : अहिलेसम्म १६ जनाको उद्धार

सेन्टर प्लाजा : अहिलेसम्म १६ जनाको उद्धार

काठमाडौं । सुनसरीको इटहरीस्थित सेन्टर प्लाजामा भएको आगलागीबाट अहिलेसम्म १६...

सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो

सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो

इटहरी (सुनसरी) । इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक...

ओलाङचुङ्गोलामा सुक्खा बन्दरगाह निर्माण गर्न स्थानीयको माग

ओलाङचुङ्गोलामा सुक्खा बन्दरगाह निर्माण गर्न स्थानीयको माग

फुङ्लिङ (ताप्लेजुङ) । नेपाल-चीन व्यापार प्रवद्र्धनका लागि सुक्खा बन्दरगाह निर्माण...

प्लाइउड तत्काल नेपाल नफर्काए जफत गरिदिने भारतीय भन्सारको चेतावनी

प्लाइउड तत्काल नेपाल नफर्काए जफत गरिदिने भारतीय भन्सारको चेतावनी

  झापा । भारतले नेपालमा उत्पादित प्लाइउडलाई नाकामा रोकेको छ...