back
CTIZAN AD

प्रधानन्यायाधीश राणाको प्रश्न : देउवाले गरेको दाबी कसरी गलत ?

वि.सं.२०७८ असार १७ बिहीवार

666 

shares

असार १७, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा गरेको दाबी कसरी गलत भयो भनि प्रश्न गरेका छन् । बिहीबारको संवैधानिक इजलासमा एमाले नेता तथा वरिष्ठ अधिवक्ता अग्नि खरोललाई उनले यस्तो प्रश्न गरेका हुन् ।

अधिवक्ता खरेलले प्रतिनिधिसभा विघटन र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त नगर्नु सही रहेको तर्क गर्दा राणाले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम देउवाले कांग्रेस, माओवादी र अन्य सांसदको समर्थन लगेको भन्दै कसरी गलत हुन्छ भनि प्रश्न गरेका थिए ।

उनले दलबाटै समर्थन चाहियो कि सांसदको समर्थन भनि प्रश्न गरेका थिए । ‘प्रतिनिधिसभामा दलको मात्र उपस्थिति हुँदैन, अन्य उपस्थिति पनि संविधानले स्विकारेको छ । त्यस कारण संविधानको धारा ७६ को उपधारा ५ र २ को दल र स्वतन्त्रको समर्थन भनेर व्याख्या भइरहेको छ, अलि प्रस्ट गरिदिनुस् है’, खरेललाई प्रधानन्यायाधीश राणाले सोधे, ‘दलबाटै चाहियो कि अरूबाट पनि समर्थन हुन सक्छ ? शेरबहादुर देउवाले दाबी गर्दा पार्टी, अन्य सांसदसहित १ सय ४९ जनाको हस्ताक्षर लिएर दाबी गर्न जानुभयो, यसमा शेरबहादुर देउवाले के गल्ती गर्नुभयो ?’

उनले देउवालाई दुई पार्टीको समर्थन रहेको र अन्य स्वतन्त्र रुपमा गएको बताएका थिए । राणाले भने, ‘देउवाको हकमा दुई पार्टीको समर्थन भयो, अरू स्वतन्त्र रूपमा गए ।’

प्रधानन्यायाधीश राणाको प्रश्न : देउवाले गरको दाबी कसरी गल्ती ?

धारा ७६ को उपधारा ५ स्वतन्त्र हाे कि हाेइन् ?

प्रधानन्यायाधीश राणाले संविधानको धारा ७६ को उपधारा ५ स्वतन्त्र हो कि होइन् भनि प्रश्न गरेका छन् । अधिवक्ता खरेललाई उनले स्वतन्त्र हो भने किन २ अनुसार व्याख्या गरियो भनि प्रश्न गरे ।

प्रधानन्यायाधीशले भने, ‘संविधानका सबै धारा स्वतन्त्र हुन्छन्, धारा ७६ को उपधारा ५ पनि स्वतन्त्र हो, संसारमा नभएको व्यवस्था हो भनेर दुवै पक्षले भनिरहेका छन्, स्वतन्त्र धारा हो भनिरहेका बेला यसमा अन्य ऐन जोडेर हुन्छ ?’

अधिवक्ता खरेलले भने धारा ७६ को उपधारा २ मा दलको समर्थन लिनुपर्ने भनेको तर उपधारा ५ मा स्वतन्त्र समर्थन गर्न पाईन्छ भनेर नलेखिएको बताएका छन् । उनका अनुसार धारा ७६ का उपधारा २ र ५ जोडिएर आउँछन् ।

वि.सं.२०७८ असार १७ बिहीवार १३:४८ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...