१७ असार, काठमाडौँ । साताको अन्तिम दिन बिहिबार सेयर बजार दोहोरो अकंले बढेको छ । आज बजार परिसूचक १९ दशमलव १२ अकंले बढेर समग्र परिसूचक २८४३ मा पुगेको हो । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ६ दशमलब ३३ अकंले बढेर ५२८ दशमलब ७१ अकंमा पुगेको छ ।
नेप्सेमा दोहोरो अकंको वृद्धि आउँदा निर्जीवन बीमा श्रेत्रका बाहेक सबै कम्पनीको सूचक उकालो लागेको छ ।
आज कुल सूचिकृतमध्ये २२४ कम्पनीको ६ अर्ब ७० करोड ७७ लाख ७५ हजार ४८४ रुपैंया बराबरको ३ करोड २८ लाख ३८ हजार ९९३ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ७० हजार १ सय ९८ पटक लेनदेन भएको छ ।
कारोबार रकमको आधारमा नेको इन्स्योरेन्स, ज्योती विकास बैंक, मेगा बैंक, बुटवल पावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा लक्ष्मी इक्यूटी फन्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम-२, सिटिजन म्यूचल फन्ड-१, लक्ष्मी उन्नति कोष लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।
आज सेयर बजार दोहोरो अकंले वृद्धि हुदाँ ओरियन्टल होटल्सका लगानीकार्ताहरुले उच्च अकंले कमाएका छन । उनीहरुले ९.९७ प्रतिशतले कमाएका छन । त्यस्तै गुडविल फाइनान्सका लगानीकर्ताले ९.३३ प्रतिशत, ग्रीन डेभल्पमेन्ट बैंकका लगानीकर्ताले ९.३२ प्रतिशत, सिन्धू विकास बैंकका लगानीकर्ताले ९.१४ प्रतिशतले कमाउदाँ कुमारी इक्यूटी फन्डका लगानीकर्ताले ३.३३ प्रतिशत, प्रभु सेलेक्ट फन्डका लगानीकर्ताले २.४४ प्रतिशत, राधी जलविद्यृतका लगानीकर्ताले २.४२ प्रतिशत, एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले २.४२ प्रतिशतले गुमाएका छन ।
आज भएको कारोबारमा ११९ कम्पनी लागनीकर्ताले कमाउदाँ ५२ कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने १२ कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छैन
वि.सं.२०७८ असार १७ बिहीवार १५:३९ मा प्रकाशित



























