back
CTIZAN AD

बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुको आन्दोलन, बैंकर्स संघले सहजिकरण गर्ने

वि.सं.२०७८ असार १७ बिहीवार

873 

shares

१७ असार, काठमाडौं । नेपाल बैंकर्स संघले अन्दोलनरत कर्मचारीको माग पूरा गराउन पहल गर्ने भएको छ । कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्धताका लागि सहजिकरण गर्न समन्वय संघले गर्ने भएको हो ।

बैंक, वित्तीय क्षेत्रका कर्मचारी कोषमा आवद्धताका लागि असन्तुष्टी जनाउँदै आन्दोलनमा छन् । संस्था व्यवस्थापनले कोषमा आवद्धताको लागि जबरजस्ती गरेका व्यवस्थापनको समेत विरोध गर्दै राजीनामा दिने समेत कर्मचारीहरुले घोषणा गरिसकेका छन् ।

कर्मचारी आन्दोलनमै उत्रिएपछि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ बिहीबार सो विषयमा छलफलमा बसेको थियो । छलफलमा कर्मचारी संगठन र कोषबीच छलफल गराइ आपसी मतभेदमा समन्वय गराइने निर्णय भएको नेपाल बैंकर्स संघले जनाएको छ ।

सामाजिक सुरक्षा कोषविरुद्ध आन्दोलनमा उत्रियो बैंक तथा वित्त क्षेत्र

कर्मचारी संगठनहरुको मागलाई सकेसम्म सम्बोधन गर्दै सामाजिक सुरक्षा कोषमा आवद्धता हुने वातावरण मिलाउने बैंकर्स संघले जनाएको छ । कर्मचारीको हक, हित र आपसी सहमति बिना व्यवस्थापनले जबरजस्ती कोषमा आवद्धता गराउन असहज हुने भएकाले समन्यवको बाटोमा संघ रहेको बताइएको छ ।

 

नेपाल बैंकर्स संघका उपाध्यक्ष अनिल उपाध्ययले कर्मचारी संगठन र कोषबीच छलफल गराइ आपसी मतभेदमा समन्वय गराइने निर्णय भएको उनले बताए । ‘कर्मचारीहरु आन्दोलनमै उत्रिएपछि त्यसमा हामीले सक्ने सहजिकरणको बाटो पहिलाउन खोजेका हौं’ उनले भनेका छन्, ‘कोषमा आवद्धता हुन कर्मचारीलाई सहज हुने गरी समन्वय गराइने र कोषका पदाधिकारी र वित्तीय क्षेत्रका कर्मचारी संगठन प्रमुखहरु बीच शान्तिपूर्ण छलफल गराइने निर्णय भएको छ ।’

कर्मचारी संगठनहरुको मागलाई सकेसम्म सम्बोधन गर्दै सामाजिक सुरक्षा कोषमा आवद्धता हुने वातावरण मिलाउने पहलमा बैंकर्स संघ रहेको उनले बताए । कर्मचारीको हक, हित र आपसी सहमति बिना व्यवस्थापनले जबरजस्ती कोषमा आवद्धता गराउन असहज हुने भएकाले समन्यवको बाटोमा संघ रहेको बताइएको छ ।

कर्मचारी भने निरन्तर आन्दोलनमै

No description available.
यता कोषका विरुद्धमा सम्पूर्ण बैंकवित्तका कर्मचारीले बिहीबार पनि सडक आन्दोलनमा उत्रिएका छन् । असार मसान्तअघि नै दर्ता हुन सामाजिक सुरक्षा कोषले पत्र काटेपछि उनीहरुले आन्दोलन शुरु गरेका हुन् । उनीहरुले बिहान कार्यालय खुल्ने बेलामा विरोधको कार्यक्रम गर्दै आएका छन् ।

बैंकका कर्मचारीहरु पनि अनिवार्य रुपमा सामाजिक सुरक्षा कोषमा आउन भनिएपछि उनीहरु आन्दोलित भएका हुन् । यसअघि पनि वित्तीय क्षेत्रका लागि सामाजिक सुरक्षा कोषकाविरुद्ध असहमति जनाउँदै आएका छन् । यस विषयलाई लिएर बैंकरहरुले नेपाल राष्ट्र बैंक र कोषलाई नै असहमतिका बुँदाहरु बुझाइसकेको छ ।

‘यहि अवस्थामा सामाजिक सुरक्षा कोषमा प्रवेश गर्न सक्दैनौं’

यता सामाजिक सुरक्षा कोषले भने आफ्नो संशोधित कार्यविधिअनुसार कोषको व्यवस्था कार्यान्वयन गर्न पछि नपर्ने बताएको छ । कोषले कम्पनीहरुलाई कारबाही प्रक्रिया अघि बढाएर भए पनि आबद्ध गराउने बताएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषको स्किमहरु समेत थप भइरहेको र कामदारलाई बढी प्रतिफल दिने गरी कोष सञ्चालन हुनथालेको भन्दै अनिवार्य आबद्ध हुनुपर्ने कोषले दाबी गर्दै आएको छ ।

तर यसरी कोषले अनिवार्य र कारबाहीको प्रक्रिया समेत अघि बढाउने भनिरहँदा भने केही रोजगारदाता र केही प्रतिष्ठानका कर्मचारीहरुले विरोध गरिरहेका छन् । नागरिक लगानी कोष तथा कर्मचारी सञ्चय कोषमा नै बढी लाभान्वित हुने र सामाजिक सुरक्षा कोषको प्रतिफल कम हुने उनीहरुको आँकलन छ ।

वि.सं.२०७८ असार १७ बिहीवार २२:२९ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...