back
CTIZAN AD

एनएमबि बैंकले सुरू गर्यो ‘एनएमबि सापटी २.०’ कर्जा सेवा

वि.सं.२०७८ असार १७ बिहीवार

861 

shares

१७ असार, काठमाडौं । एनएमबि बैंकले आर्टिफिसियल इन्टेलिजेन्सद्वारा सञ्चालित कर्जा सेवा ‘एनएमबि सापटी २.०’ सुरू गरेको छ । जसअन्तर्गत कर्जा प्रवाहका लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेपविना डिजिटलरूपमै गर्न सकिने जनाएको छ ।

यो नेपालमै पहिलोपटक २४ सै घण्टा र सातै दिन पूर्णस्वचालित रूपमा प्रदान गरिने कर्जा एनएमबि सापटीको निरन्तरता भएको बैंकले जनाएको छ । यस सेवा बैंकसम्म नधाइकनै मोबाइलको प्रयोगबाट आवेदन दिएको पाँच मिनेटभित्र नै प्राप्त गर्न सकिन्छ ।

‘एनएमबि सापटी वर्तमान परिवेशलाई ध्यानमा राख्दै व्यक्तिगत कर्जा उपयोग गरिरहेका ग्राहकहरूको व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकताहरूको परिपूर्तिका लागि प्रदान गरिने एक छोटो अवधिको धितोविनाको कर्जा हो,’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘एनएमबिमा व्यक्तिगत कर्जा भएका ग्राहक महानुभावहरूलाई २४ महिनासम्मको लचिलो अवधिसहित दुई लाख रूपैयाँसम्म २४ सै घण्टा र सातै दिन कर्जा तुरुन्त उपलब्ध गराइनेछ ।’

ग्राहकले आफ्नो कर्जा चुक्ता अवधि, कर्जा चुक्ता गर्ने प्रकार, कर्जा रकम आफ्नो सहजताको आधारमा छनोट गर्नसक्ने बैंकले जनाएको छ ।

वि.सं.२०७८ असार १७ बिहीवार २२:५२ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...