back
CTIZAN AD

आज एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, माधव पक्ष सहभागी नहुने

वि.सं.२०७८ असार १८ शुक्रवार

723 

shares

१८ असार,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।

एमालेभित्रको विवाद समाधानका लागि एमालेको संस्थापन पक्ष एमालेको पूर्ववत साङ्गठनिक अवस्थामा फर्कन सहमत भएसँगै आजको बैठक २०७५ जेठ २ गतेको सङ्गठनात्मक हैसियतमा हुन लागेको हो ।

बुधबार अध्यक्ष केपी शर्मा ओलीले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक राख्दै आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेका थिए । सो निर्णयसँगै माधव पक्षका ११ नेतामाथि गरिएको कारबाही पनि स्वतः निष्प्रभावी भएको बताइएको थियो ।

तर आजको बैठकमा माधव नेपाल– झलनाथ खनाल पक्ष भने सहभागी नहुने भएको छ । बिहीबार सो समूहको बुद्धनगरमा बसेको बैठकले संस्थापन पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकमा यथास्थितिमा नजाने सर्वसम्मत निर्णय गरेको हो ।

पार्टीको सो निर्णयपछि एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी तथा पदाधिकारी नै अब पूर्ण रूपमा क्रियाशील हुने भनिए पनि माधव नेपाल पक्षले केन्द्रीय कमिटी बैठकमा भाग नलिने अडान राखेका छ ।

बैठकमा उपस्थित हुनका लागि निलम्बन फुकुवा गर्दै खनाल र नेपालसहितका नेताह?लाई इमेलमार्फत पत्र र मोबाइलमार्फत एसएमएस गरी निम्ता पठाइएको थियो ।

वि.सं.२०७८ असार १८ शुक्रवार ०९:१२ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...