back
CTIZAN AD

दोस्रो एकदिवसीयमा श्रीलंका ८ विकेटले पराजित, एकदिवसीय श्रृखला इंल्याण्डलाई

वि.सं.२०७८ असार १८ शुक्रवार

591 

shares

१८ असार, काठमाडौँ । श्रीलंका र इंल्याण्ड बिचको दोस्रो एकदिवसीयमा श्रीलंका ८ विकेटले पराजित भएको छ ।

टस हारेर पहिलो ब्याटिङ्ग गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २४१ रन बनाएको थियो । श्रीलंकाका लागि धनंजया डि सिल्वाले सर्वाधिक ९१ रनको पारी खेलेका थिए । इंल्याण्डका लागि बलिङ्ग तर्फ भने श्याम करणले सर्वाधिक ५ विकेट लिएका थिए भने डेविड विलिले ४ विकेट लिएका थिए ।

श्रीलंकाले दिएको २४२ रनको लक्ष्य इंल्याण्डले ४३ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । इंल्याण्डका लागि ब्याटिङ्गमा ३ खेलाडीले अर्धसतकीय पारी खेलेका थिए । ओपनर जेशन रोय ६० रन बनाएर आउट भएका थिए भने जो रुट ६८ रन कप्तान इयोन मोर्गन ७५ रन बनाएर नटआउट रहेका थिए । श्रीलंकाका लागि बलिङ्गमा चमिका करुणारत्ने र वानिन्दु हसरंगाले समान १ १ विकेट लिएका थिए ।

जितसँगै इंल्याण्डले १ खेल बाँकी रहदैँ ३ खेलको एकदिवसीय श्रृखलामा आफ्नो नाममा गरेको छ ।

वि.सं.२०७८ असार १८ शुक्रवार १४:१८ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...