back
CTIZAN AD

माधव नेपाललाई फकाउन ओली पक्षका नेता कोटेश्वरमा

वि.सं.२०७८ असार २० आइतवार

684 

shares

असार २०, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरुले नेता माधवकुमार नेपालसँग भेटघाट गरेका छन् । पार्टीको विवाद विभाजनको स्थितिमा पुगेका बेला आइतबार बिहान उनीहरु नेता नेपाललाई उनकै निवासमा पुगेर भेटेका हुन् ।

ओली पक्षका नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल आइतबार बिहान कोटेश्वर पुगेका थिए । उनीहरुले नेता नेपाललाई ओलीसँग भेट गरेर छलफल गर्न सुझाएको बताएको छ । नेता नेपालले भने समूहमा छलफल गरेपश्चात मात्रै जवाफ दिने बताएको बुझिएको छ ।

‘पार्टी एकतालाई बचाउन अध्यक्ष र तपाईँबीच गम्भीर रुपमा कुरा गर्नुपर्यो भन्यौं, उहाँले प्रस्ताव सकारात्मक भएको बताउँदै साथीहरुसँग छलफल पश्चात जवाफ दिउँला भन्नुभयो ।’, भेटमा सहभागी एक नेताले भने ।

बताइएअनुसार नेता नेपालले अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नलिने जवाफ दिएका छन् । एमालेको केन्द्रीय कमिटी बैठले समयसीमा तोकेरै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बुझाइएको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको थियो । उक्त हस्ताक्षर फिर्ता नलिनेहरू एमाले नहुने ओलीले बताइसकेका छन् ।

भेटमा माधव पक्षीय नेताहरु घनश्याम भुसाल, भीम आचार्य, सुरेन्द्र पाण्डेलगायत पनि सहभागी थिए ।

वि.सं.२०७८ असार २० आइतवार १२:११ मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा...