२० असार, काठमाडौँ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले काठमाडौं, पोखरा, चितवन, हेटौंडा र बुटवलका लागि बजार प्रतिनिधी माग गरेको हो ।
कम्पनीले सूचना जारी गर्दै १८ वर्ष भन्दा माथी र ३५ वर्ष भन्दा मुनिको इच्छुक योग्यता पुगेका व्यक्तिलाई आवेदन दिन आह्वान गरेको हो । सो पदका लागि म्यानेजमेन्ट तथा आर्थिक विषयमा ‘प्लस टु’ उत्तीर्ण भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेकाले असार २७ गतेसम्म कम्पनीकोे ठेगानामा बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।

वि.सं.२०७८ असार २० आइतवार १३:२८ मा प्रकाशित






























