back
CTIZAN AD

राप्रपाले एकता महाधिवेशनको मिति तोक्यो, तालिकासमेत पारित

वि.सं.२०७८ असार २० आइतवार

534 

shares

२० असार, काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी कात्तिकमा महाधिवेशन गर्ने भएको छ ।

शनिबार बसेको केन्द्रीय निर्देशन समितिकौ बैठकले आगामी कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

फागुन ०७६ मा राप्रपा एकता भएपछि पार्टी महाधिवेशन भएको थिएन । सोही कारण एकता महाधिवेशन घोषणा गरिएको हो । यसअघि जेठमा महाधिवेशन गर्ने भनेको थियो । तर, कोरोना भाइरसको महामारीका कारण महाधिवेशन सारिएको थियो ।

अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनी उपस्थितमा भएको सो बैठकले महाधिवेशन कार्यतालिका समेत पारित गरेको छ । जसअनुसार भदौ मसान्तसम्ममा वडा, पालिका, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा जिल्ला कार्य समितिहरूको निर्वाचन गरिसक्ने तालिका छ ।

बैठकले असोज ७ गतेसम्म सक्रिय सदस्यता वितरण गरिसक्ने र प्रदेश अधिवेशन पनि असोज १५ गतेसम्म गरिसक्ने लक्ष्य लिएको जनाइएको छ ।

File Pic

वि.सं.२०७८ असार २० आइतवार १४:५६ मा प्रकाशित

पाहुनालाई कोसेली कोदोको बिस्कुट

पाहुनालाई कोसेली कोदोको बिस्कुट

मङ्गलबारे । इलामको माईजोगमाई गाउँपालिकाले रैथाने बाली संरक्षण गर्न कोदोको...

म्याग्दीको वाखेतमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

म्याग्दीको वाखेतमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतको वाखेतमा पक्की सडक निर्माण...

श्रम गर्नेलाई स्वदेशमा छैन उचित मूल्य र सम्मानः लाखौँ नेपाली विदेशिन बाध्य

श्रम गर्नेलाई स्वदेशमा छैन उचित मूल्य र सम्मानः लाखौँ नेपाली विदेशिन बाध्य

काठमाडौँ । दुबई प्रस्थान गर्न लाग्नुभएका ध्रुव विशाललाई स्वदेशमै श्रम गर्ने...

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

गण्डकी । प्रसिद्ध भ्रमण गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत साउनदेखि...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...

विदेश पठाउने नाममा लाखौँ ठगी गर्ने तीन जना पक्राउ

विदेश पठाउने नाममा लाखौँ ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ...