असार २०, काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धीमा मुद्दामा सुनुवारी जारी छ । आइतबार सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट कानुन व्यवसायीहरुले बहस गरिरहेका छन् ।
आइतबारको बहसमा प्रधानन्यायाधीश र सापकोटाका कानुन व्यवसायीबीच निकै चोटिलो बहस भईरहेको छ ।
बहसमा सहभागी हुँदै वरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिँदा पनि राजीनामा नदिएको सन्दर्भमा प्रश्न उठाएका छन् । उनले प्रधानमन्त्रीले राजीनामा नै दिनु नपर्ने अवस्था किन बन्यो भनि प्रश्न गरे ।
‘७६ (५) मा जान प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नु भयो कि अवरुद्ध गर्नुभयो ? पत्रकार सम्मेलन गरेर दाबी गर्दिनँ, बहुमत छैन, चलाउन मन छैन भन्ने अनि अरुभन्दा अघि आफैं जाने ? यो मार्ग अवरुद्ध हो’, उनले भने, ‘केपी ओलीमा सत्ताको स्वाद बस्यो अनि उहाँले छोड्न सक्नु भएन। हालसम्म उहाँले राजीनामा गर्नु भएको कुनै पनि धारामा सुनिएन। उहाँले चाहिँ राजीनामा दिन नपर्ने हो ?’
ओलीले पटक–पटक संवैधानिक व्यवस्थालाई मिच्दै आएको उनको तर्क छ । उनले धारा ७६ को उपधारा ५ मा सांसदहरुको व्यक्तिगत मत दिने हैसियत हुने जिकिर गरे ।
सम्बन्धित समाचार
प्रधानन्यायाधीशको प्रश्न : के अदालतले ‘फलानो’लाई नियुक्ती गर भन्न मिल्छ ?
संवैधानिक इजलासमा बहस : ७६ (५) मा दलीय ह्वीप लाग्दैन
एमालेका २३ सांसदलाई देखाउँदै प्रधान्यायाधीशले सोधे – के सरकारको विकल्प खोज्ने अवस्था छ ?
वि.सं.२०७८ असार २० आइतवार १४:२३ मा प्रकाशित






























