back
CTIZAN AD

उत्तर अमेरिका व्यापी कविता प्रतियोगितामा प्रथम बन्यो ’मृत्युपछि बाँच्नेहरू’

वि.सं.२०७८ असार २० आइतवार

603 

shares

२० असार, अमेरिका । एसोशिएसन अफ नेप्लिज इन अमेरिकाको वार्षिकोत्सवका अवसर पारेर शनिबार उत्तर अमेरिकाव्यापी कविता प्रतियोगिता आयोजना गरिएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, एसोशिएसन अफ नेप्लिज इन अमेरिका र एसोशिएसन अफ नेप्लिज इन मिड वेस्ट अमेरिकाको सहकार्यमा आयोजित कविता प्रतियोगितामा नारायण अधिकारीको कविता ’मृत्युपछि बाँच्नेहरू’ प्रथम भएको छ ।

३७ जना प्रतियोगीको कवितालाई उछिन्दै अधिकारीको कविता सर्वोत्कृष्ट भएको हो ।

यसैगरी पदमा लिंखा मगरको ’नदीको रूप’ कविताले द्वितीय पुरस्कार प्राप्त गरेको छ भने युवराज भण्डारीको ’जुनकिरीहरु’ कविता तृतीय भएको छ । पुरस्कृत कविहरूलाई क्रमशः३००, २०० र १०० अमेरिकी डलरको पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा उत्कृष्ट दशमा परेका कविहरू पूर्ण विश्व, कोमल भट्ट, किशनसिंह धामी, लालप्रसाद चौलागाईं, सुशील नेपाल र हरिलाल शर्माले पनि कविता वाचन गरेका थिए ।

वरिष्ठ साहित्यकार अशेष मल्लको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अनेसास बोर्ड परिषद सभापति गीता खत्री र एएनए अध्यक्ष विजयराज भट्टराईले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा, एएनएका महासचिव डा. चूडामणि खनाल, अनेसासका महासचिव सर्वज्ञ वाग्ले, एएनएका कोषाध्यक्ष डा. उषा शर्मा र एएनएका सदस्य कृष्ण कुशुमले कार्यक्रममाथि प्रकाश पारेका थिए ।

अनेसासका अध्यक्ष प्रकाश पौडेल माइलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा अतिथि कविहरू तीर्थराज अधिकारी, मोहन सिटौला, मधु माधुर्य, निलम कार्की निहारिका, पदम विश्वकर्मा, राजेन्द्र श्रेष्ठ, राम लामा अविनाशी, विमला निरौला, कृष्ण गिरी, शतिश त्रिपाठी, केशवराज ज्ञवाली, केडी भण्डारी, विराज विकल, डा. चूडामणि खनाल, डा. उषा शर्मालगायतले कविता वाचन गरेका थिए ।

शैलेश पोखरेलको प्रविधि संयोजनमा बिआरटी नेपालले प्रत्यक्ष प्रसारण गरेको उक्त कविता प्रतियोगिताको निर्णायकमा मधु माधुर्य, निलम कार्की निहारिका र सुदीपभद्र खनाल रहेका थिए । प्रतियोगिताको संयोजन गोवर्द्धन पूजाले गरेका थिए ।

 

वि.सं.२०७८ असार २० आइतवार १५:१० मा प्रकाशित

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

ललितपुर । ललितपुरको लुभुस्थित नमूना इङ्गलिस सेकेण्डरी स्कुलमा "समय भित्रको...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही दाङ १. परिस्थिति रहोस् कस्तै प्रगाढ...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान प्रणाम बुद्ध तिमीलाई हटाइदियौ अन्धकार बुद्ध...

कविता : श्रमिक

कविता : श्रमिक

अलख निरन्जन लोहार टीकापुर, कैलाली हाल : भारत आफ्नो पौरखले...

सुसेली: राजा दशरथ

सुसेली: राजा दशरथ

माधवप्रसाद रिजाल ( माधवानन्द ) वीरगञ्ज रधु कुलमा ‌जन्मे थे...

गजल

गजल

मिलनकुमार ढुङ्‍गाना, झापा गधा धोएर गाई हो नभन्नू म मात्रै...