२० असार, काठमाडौं । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेहरुले नै पार्टी एकताको गीत गाउन कसरी सकेको भन्दै आफ्नै पार्टीका साथीहरुमाथि कटाक्ष गरेका छन् ।
पार्टी नेतृत्वका विरुद्ध गठबन्धनको वकालत गर्ने, त्यसमा निष्ठापूर्ण प्रतिवद्धता जनाउने अनि आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाइ प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै कटाक्ष गरेका हुन् ।
आइतबार सामाजिक संजाल ट्विटरमा लेख्दै महासचिव पोखरेलले भनेका छन्– ‘पार्टी नेतृ्त्वका विरूद्ध गठवन्धनको वकालत गर्ने–त्यसमा ‘निष्ठापूर्ण प्रतिवद्धता’ जनाउने; आफ्नो पार्टी अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाई प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन अदालतमा हस्ताक्षरसहित मुद्दा हाल्ने !! अनि पार्टी एकताको गीत गाइरहने !! हत्तेरिका कसरी सकेको !!’
पार्टीलाई एकतावद्ध बनाउनका एमालेका उपमहासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायतका नेताहरुले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालवीच वार्ताको अन्तिम प्रयास गरिरहँदा पार्टीका महासचिव ईश्वर पोखरेलको यस्तो अभिव्यक्तिले पार्टी एकतानलाई झनै कमजोर पार्ने विश्लेषण गरिएको छ ।
पार्टी नेतृ्त्वका विरूद्ध गठवन्धनको वकालत गर्ने- त्यसमा ‘निष्ठापूर्ण प्रतिवद्धता’ जनाउने; आफ्नो पार्टी अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाई प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन अदालतमा हस्ताक्षरसहित मुद्दा हाल्ने !! अनि पार्टी एकताको गीत गाइरहने !! हत्तेरिका कसरी सकेको !!
— Ishwar Pokhrel (@IshwarPokhrel) July 4, 2021
वामदेव गौतम भन्छन्–नेपाल र ओलीको रिस साम्य नहुँदासम्म दोस्रो तहका नेता प्रयास काम छैन
वि.सं.२०७८ असार २० आइतवार १६:२४ मा प्रकाशित






























