२० असार, काठमाडौं । गण्डकी प्रदेशमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँ र पर्वतका १÷१ जनाको मृत्यु भएको हो । आज थपिएका २ जनासँगै प्रदेशमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९६१ पुगेको छ ।
त्यसैगरी प्रदेशमा आज म्याग्दीमा ५, पर्बतमा ४२, तनहुँमा ५, लमजुङमा १४९, कास्कीमा ५७, बाग्लुङमा ८४, स्याङजामा ४६ र नवलपरासीपूर्वमा १४ जना गरी ३६६ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये १६७ जना महिला र १९९ जना पुरुष रहेका छन् । साथै प्रदेशमा आज ४८० जना संक्रमणबाट मुक्त भएका छन् ।
आज थपिएका ३६६ जनासँगै प्रदेशमा हालसम्म ५७ हजार ११६ जना संक्रमित भएका छन् भने ती मध्ये ५३ हजार १३४ जना निको भएका छन् ।
त्यसैगरी प्रदेशमा हाल ३०२१ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये २८८९ जना होम आइसोलेशनमा रहेका छन् ।
वि.सं.२०७८ असार २० आइतवार १७:५३ मा प्रकाशित






























