back
CTIZAN AD

कोरोना संक्रमणबाट आज देशैभरी १६०३ संक्रमित, २७ जनाको मृत्यु

वि.सं.२०७८ असार २० आइतवार

624 

shares

२० असार, काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १६०३ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४८७६ पिसीआर र ३,२५६ ऐन्टिजेन गरी ८,१३२ नमुना परीक्षणमा १६०३ जना संक्रमित थपिएका हुन् ।

आज भक्तपुरमा ३१, ललितपुरमा ८८ र काठमाडौंमा ३४२ गरी उपत्यकामा ४६१ जनामा संक्रमण पुष्टि भएको छ । उपत्यकामा शनिबार भन्दा आइतबार संक्रमित हुनेको संख्या केही बढी हो ।

नेपालमा हालसम्म पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको ३५ लाख ७२ हजार ७९० वटा नमुना परीक्षणमा ६ लाख ८२ हजार ७३९ जना संक्रमित भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी २,५५२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २५५२ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ लाख ८२ हजार ७३९ जना निको भइसकेका छन् । मन्त्रालयका अनुसार निको हुनेको यो संख्या … प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका २७ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ९,२२५ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

मन्त्रालयका अनुसार नेपालमा हाल २६ हजार १७९ जना संक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा २३ हजार २२८ र संस्थागत आइसोलेशनमा २,९५१ जना रहेका छन् ।

त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ६०८ र भेन्टिलेटरमा १८१ जनाको उपचार भइरहेको छ ।

अझै पनि ९ जिल्ला बढी प्रभावित
कोरोना संक्रमणबाट अझै पनि देशका ९ जिल्ला बढी प्रभावित रहेका छन् । ती जिल्लामा संक्रमितको संख्या ५ सय भन्दा बढीरहेको छ । ९ मध्ये, काठमाडौंका भक्तपुर, ललितपुर, चितवन, कास्की, रुपन्देही, झापा, मोरङ र सुनसरी रहेका छन् ।

मन्त्रालयका अनुसार संक्रमणको उच्चतम जोखिम रहेका जिल्लाहरुमा काठमाडौ उपत्यका, नुवाकोट, रसुवा, म्याग्दी, वाग्लुङ, पर्वत, कास्की रहेका छन् । साथै जुम्ला, सुर्खेत, मकवानपुर, चितवनलगायतका जिल्लाहरु पनि उच्च जोखिममा रहेका छन् । मन्त्रालयका अनुसार धेरै जिल्लाहरु मध्यम खालको जोखिममा रहेका छन् ।

त्यस्तै कम जोखिम भएका जिल्लाहरुमा दार्चुला, बाजुरा, मनाङ र बझाङ रहेका छन् ।

मन्त्रालयका अनुसार संक्रमित हुनेको उमेर समुह २० देखि ६० रहेको छ भने ती मध्ये ६०.६ प्रतिशत पुरुष र ४०.४ प्रतिशत महिला रहेका छन् ।

बागमती प्रदेशमा थप ६ कोरोना संक्रमितको मृत्यु

 

वि.सं.२०७८ असार २० आइतवार १७:२५ मा प्रकाशित

वीर अस्पतालका निर्देशक डा. शर्माद्वारा राजीनामा

वीर अस्पतालका निर्देशक डा. शर्माद्वारा राजीनामा

काठमाडौं । वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले राजीनामा दिएका...

अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा उद्योगमन्त्रीसँग छलफल

अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा उद्योगमन्त्रीसँग छलफल

काठमाडौँ । मंगलवार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

कालो आँधीले तातेको नेपाली साहित्यको बजार

कालो आँधीले तातेको नेपाली साहित्यको बजार

काठमाडाैँ । प्रसिद्ध लेखक एवं कवि डा. दामोदर पुडासैनी ‘किशोर’...

डा. राकेश शाह एनएमएमा निर्वाचित

डा. राकेश शाह एनएमएमा निर्वाचित

  काठमाडौँ । नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्वका...