२० असार, काठमाडौं । संविधान नै मास्न खोजेको बेला दललाई नियन्त्रणमा ल््याउन संबिधानमा धारा ७६ को (५) ब्यबस्था भएको वरीष्ठ अधिवक्ता रमण श्रेष्ठले बताएका छन् ।
सभामुख अग्नि प्रसाद सापकोटाका वकिलले बहस सकेपछि सर्वोच्च अदालतमा रिट निवेदकहरूका तर्फबाट जवाफी बहस गर्दै वरिष्ठ अधिवक्ता श्रेष्ठले उक्त कुरा बताएका हुन् ।
जवाफी बहसका क्रममा वरिष्ठ अधिवक्ता श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक नैतिकता नदेखाएपछि त्यस्तो बिषम परिस्थिति उत्पन्न भएको जवाफ दिँदै संविधान बचाउनकै निम्ति संविधानको धारा ७६ (५) को व्यवस्था गरिएको कुरा समेत प्रष्टयाए ।
‘दलीय व्यवस्थामा विश्वास भएरै संविधान र प्रतिनिधिसभालाई बचाउन यो व्यवस्था गरिएको हो ।’ जवाफका क्रममा उनले भनेका छन ।
वि.सं.२०७८ असार २० आइतवार १८:१९ मा प्रकाशित






























